त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी
नुवाकोट। नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ।
बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो।
विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरम...