रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ
नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतप...

महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए
महोत्तरी, ९ मंसिर । निर्वाचनको समयमा विभिन्न स्थानमा निर्वाचन बिरोधी कृयाकलाप हुन थालेपछि प्रशासनले उच्च सर्तकता अपनाएको जनाएको छ । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई मध्येनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी प्रहरीले शान्ति सुरक्षा खलबलिन नदिन भन्दै हातहतियार संकलन कार्य तीव्र बनाएको छ । हातहतियार र खुल्ला सिमानासँगै निर्वाचनमा स...

तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश
बिराटनगर, ३ मंसिर । चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् । नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् । उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि ...

आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज

आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज
काठमाडौ, १ मंसिर । आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ । महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्ना...

आमाछोराको भिरबाट लडेर मृत्यु

आमाछोराको भिरबाट लडेर मृत्यु
जाजरकोट, ३० कात्तिक ।  जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ । जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका...

सरकारलाई केपी ओलीको प्रश्नः सत्ता पक्षलाई मात्र किन सुरक्षा ?

सरकारलाई केपी ओलीको प्रश्नः सत्ता पक्षलाई मात्र किन सुरक्षा ?
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् । उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताए । मंगलबार भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पार्टीको मागका बाब...

सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार
गुल्मी, २४ कात्तिक । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिँडेदेखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदीपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधारण जीवनशैली देखेर मतदता र उनिहरुसँगै खटिएका कार्यकर्ताहरु छक्क परेका छन् । नेता ज्ञवाली र बरालको चुनावी यात्राका क्रममा वलेटक्सार, वम्घा हुँदै हर्मिचौर अर्वेनी, पर्तिघाट, खड्गकोट , पार...

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु
इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्म...

तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या

तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या
तेह्रथुम, १५ कात्तिक । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गए । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हुँदैन भनिदिए । उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गरे । अन्ततः स्वास्थ्यकर्मीको निकै लाम...

प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३
काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले अनलाइनखबरलाई जानकारी दिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १...
error: Content is protected !!