धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता
धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्...

शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता
धनकुटा  । पाख्रीबास नगरपालिका–३ स्थित शितला देवी अंग्रेजी माध्यमिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले फुटबल, क्रिकेट, रिले दौड, हाई जम्प र लङ्ग जम्प प्रतियोगिता गरेको हो । ८ सय र १५ सय मिटर दौड पनि गरिएको छ । खेलकुदमा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागि थिए । खेलकुद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास...

धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी
धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो । पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फोड्ने कोसिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डित...

जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक दिपकराज न्यौपानेले संयुक्त रुपमा पर्दा उघारेर र रिबन काटेर काउन्टर उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवा...

पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी
धनकुटा । पोखराका होटल व्यवसायीहरू पर्यटक बोलाउन धनकुटा आइपुगेका छन् । ‘जाउँ है पोखरा’ नाम दिइएको आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर पूर्वी नेपालको यात्रामा निस्किएका उनीहरु धनकुटेलीलाई पोखरा घुम्न निम्तो दिन आएका हुन् । उनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानका विषयमा धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटल व्यवसायी, सञ्चारकर्मी लगायत सहभागि कार्यक्रममा पोखराका पर्यटकीय गन...

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न
विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो । प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा का...

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान
धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो । पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् । ...

चित्रे बजारमा राँके मेलाको रौनक

चित्रे बजारमा राँके मेलाको रौनक
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको सीमास्थित चित्रे बजारमा राँके मेला लागेको छ । सोमबारबाट सुरु भएको मेला आज सकिदैछ । मेला समापनको दिन आज कलाकारहरू सन्ध्या बुढा ‘काउली बुढी’, उमेश राई ‘फुलन्देकी आमा’ र गायिका रचना रिमाल आउँदैछन् । दिउँसो करिब २ बजेपछि कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलामा धनकुटा, तेह्रथुम, संखुवासभा, सुन...

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने
धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...
error: Content is protected !!