दलीय चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा, संसदको चुनाव गर्न बाबुरामको चुनौती

दलीय चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा, संसदको चुनाव गर्न बाबुरामको चुनौती
काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको छ । २ गते ६८ दलीय...

स्थानीय चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णय, तेस्रो घेरामा रहने

स्थानीय चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णय, तेस्रो घेरामा रहने
काठमाडौं । सरकारले आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाली सेनालाई पनि परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने स्थिति रहेको निष्कर्ष निकालेको एक मन्त्रीले अनलाइनखबरलाई बताएका हुन् । निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषदले सिफारिस गरेको थियो र, रक्षा मन्त्रालयमार्फत आएको यो प्रस्ताव मन्त्रिपर...

प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त, मध्यरातमै लगाए आईजीपीको फुली

प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त, मध्यरातमै लगाए आईजीपीको फुली
काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् । सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्...

प्रचण्डकै योजनामा नयाँ शक्तिलाई चुनाव चिन्हबाट बन्चित गराईयो-बाबुराम भट्टराई

प्रचण्डकै योजनामा नयाँ शक्तिलाई चुनाव चिन्हबाट बन्चित गराईयो-बाबुराम भट्टराई
काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजना अनुसार आफ्नो पार्टीलाई चुनाव चिन्हबाट बन्चित आरोप लगाएका छन् । सोमवार काठमाडौंको अल्फाबिटा कम्प्लेक्समा केही सञ्चारकर्मी सहितको अनौपचारिक छलफलमा डा. भट्टराईले भने, ‘प्रधानमन्त्री आफैंले र उहाँका नजिकका व्यक्तिले यस्तो गरेको आशंका लागेको छ ।’ डा.भट्टराईको ...

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान
काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ । नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगक...

गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार
गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जो...

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक
काठमाडौं । सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, मातृभाषालगायत विषय छन् । भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरुलाई पनि संविधानको अनुसूची थप गरी समाधान गर्ने संशोधन विधेयकमा उल्लेख छ ।नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...

चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?

चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार कार्यलाई चार खण्डमा बाँडेर अघि बढाउने भएको छ । यसका लागि तीन वटा टेण्डर खुलिसकेको छ भने बाँकी एउटा टेन्डर चाँडै खोल्ने तयारी छ । प्राधिकरणले रनवे, पार्किङ, टर्मिनल भवन तथा कन्भेयर बेल्टको विस्तारका लागि काम सुरु गरेको हो । गत मार्च ५ मा खोलिएको तीन वटा टेण्डरको म्याद अप्रिल १५ सम्म रहेको छ । प्राधिकरणले रन वे विस्तारको लागि खोलेको...

अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण

अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण
दमास्कस । अमेरिकी हवाई सेनाले गृह युद्धमा होमिएको सिरियामाथि आक्रमण शुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले ५९ वटा क्रुज मिसाइल सिरियाली सेनाको हवाई अड्डामा प्रहार गरेका छन् । उक्त आक्रमणबाट भएको क्षति विवरण अझै थाहा हुन सकेको छैन।आक्रमणबाट सिरियाको सैन्य अड्डामा निकै ठूलो क्षति भएको अमेरिकाले दाबी गरेको छ । सिरियामा गृह युद्ध शुरु भएको ६ वर्षमा पहिलो पटक अमेरिका...

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन
काठमाडाैं । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ ...
error: Content is protected !!