डोटीमा जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

डोटीमा जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते
डोटी, २१ साउन । डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन । दिपायलदेखि चमरचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति करिव ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी डोटीको वोक्ताङ गाउँपालिका–१ बस्ने ३५ बर्षीय बिष्णु बहादुर मगर, ५० बर्षीया बुढो घर्तीमगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षीया ललितादेवी पुनमग...

सौर्य ऊर्जाबाट उत्पादित बिधुतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

सौर्य ऊर्जाबाट उत्पादित बिधुतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु
ललितपुर। नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्...

काठसहित दुई व्यक्ति पक्राउ

काठसहित दुई व्यक्ति पक्राउ
रसुवा। चिलिमेको सिम्बु क्षेत्रबाट स्याफ्रुतर्फ ल्याउँदै गरेको सल्लाको काठसहित दुईजना पक्राउ गरिएको छ । जिल्ला वन कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर विनिता सुवेदीका अनुसार बरामद गरिएको काठको परिमाण २५५ थान चिरुवा रहेको कुन प्रयोजनको लागि ल्याइएको हो थप अनुसन्धान भइरहेको छ । काठ ल्याउँदै गर्दा नेपाल प्रहरीको सहयोगमा थाम्बुचेत इलाका वन कार्यालयले काठ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिएको सुव...

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता
नवलपरासी। नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ । पहिला बालिका नहरमा...

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । ...

घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ

घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ
काभ्रे । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेकादुई कर्मचारीहरु घुस सहित पक्राउ परेका छन् । कार्यलयका सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा जिल्ला घरेलु कार्यलयका कार्यलय सहयाक हरि सुवेदी र माधव कुईकेल पक्राउ परेका हुन् । विहिवार दिउसो भुम्लु गाउपालिका ९ मा संचालन गर्नका लागि दर्ता गर्न लागिएको नारी समूह पोल्ट्री फार्म दर्ताका लागि थप १४ हजार रकम माग गरी घुस लिन लाग्दा अख्तियार ...

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला
कञ्चनपुर। बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए । खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ । उ...

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद !

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद !
रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारी दामोदर दाहालले बताउनुभयो । सम्बन्ध विच्छेद गर्दा श्रीमान्बाट अधिकांश महिलाले नगद जिन्सी लगायतका...

रूखबाट लडेर वडा सदस्यको मृत्यु

रूखबाट लडेर वडा सदस्यको मृत्यु
रुकुम । रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जान...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो
चितवन। ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उहाँले बताउनुभयो । सडकक...
error: Content is protected !!