मालपोत कार्यालय कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

मालपोत कार्यालय कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
काठमाडौं, १८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्...

मतगणनालाई व्यवस्थित बनाउन सिसी क्यामेरा र तार जाली

मतगणनालाई व्यवस्थित बनाउन सिसी क्यामेरा र तार जाली
दार्चुला, १८ मंसिर । २१ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको अन्तिम तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ। मतगणनाको तयारीस्वरुप मतगणना हुने कोठामा सिसिक्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको सहायक निर्वाचन अधिकृत शेरबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयनजिकै रहेको कर्मचारी आवास गृहका दुई कोठामा गरिने मतगणना कार्यलाई व्यवस्थित बनाउन...

गगन थापामाथि बम प्रहार भएपछि यस्तो आयो कांग्रेसको वक्तब्य

गगन थापामाथि बम प्रहार भएपछि यस्तो आयो कांग्रेसको वक्तब्य
काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा कांग्रेसका तर्फबाट काठमाडौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापामाथि लोकतन्त्र विरोधीहरुले बम प्रहार गरेको जनाएको छ । चुनावी प्रचारप्रसारमा रहेका थापालाई लक्षित गरेर सोमबार बिहान काठमाडौको चपलीमा बम प्रहार भएको थियो । बमको छर्रा लागेर थापालाई कान, ढाड र खुट्टामा सामान्य चोट लागेको छ । घटनापछि कांग्रेस कार्यलयका स...

डिस्चार्जपछि गगनले भनेः म त जोगिए, साथीहरु पर्नुभयो

डिस्चार्जपछि गगनले भनेः म त जोगिए, साथीहरु पर्नुभयो
काठमाडौँ, १८ मंसिर । सोमबार बिहान बम बिस्फोटमा परी घाइते भएका कांग्रेस नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। सोमबार बिहान काठमाडौँको चपली हाइटमा थापाको चुनावी अभियानलाई लक्षित गरी भएको बम प्हारबाट नेता थापासहित ११ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए। बिस्फोटबाट थापालाई टाउको र कम्मरमा सामान्य चोट लागेको थियो। ...

मुस्कान पार्टीका अध्यक्ष एमालेमा प्रवेश

मुस्कान पार्टीका अध्यक्ष  एमालेमा प्रवेश
काठमाडौँ, १८ मंसिर । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई पार्टी प्रवेश गराएका हुन् । पौडेलले प्रतिनिधिसभाका उम्मेदवार डा.राजन भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । कार्यक्र...

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै
काठमाडौं, १८ मंसिर । काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो। थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ।...

कक्षा ११ आँशिकको नतिजा सार्वजनिक

कक्षा ११ आँशिकको नतिजा सार्वजनिक
भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आँशिकको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले जानकारी दिए । यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्...

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु
धादिङ, १८ मंसिर । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका ट्रिपर चालक ३५ वर...

मुखमा कपडा कोचेर गहगहना लुटियो

मुखमा कपडा कोचेर गहगहना लुटियो
पाल्पा, १८ मंसिर । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताए ...

तनहुँमा ४ वटा पेस्तोलसहित ३ जना पक्राउ

तनहुँमा ४ वटा पेस्तोलसहित ३ जना पक्राउ
पोखरा, १८ मंसिर । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई प्राप्त विषेश सूचनाका आधारमा प्रमुख प्रहर...
error: Content is protected !!