उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार

उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार
धनकुटा । कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री प्रदिपकुमार सुनुवारले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्ने दावी गरेका छन् । नेपाली कांग्रेस धनकुटा नगरको आन्तरिक विशेष अभियान कार्यक्रमका लागि शनिवार धनकुटा आइपुगेका मन्त्री सुनुवारले यस्तो बताएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने दावी गर्दै उनले विश्वासको मत पाइसकेपछि दुई वर्षसम्म सरकार टिक...

कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा
विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले मंगलबार पदबाट राजीनामा दिएका छन् । आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठ...

सुन तस्करविरुद्ध खरो उत्रँदै सांसद शर्मा, कांग्रेस संसदीय दलको बैठक डाक्न माग

सुन तस्करविरुद्ध खरो उत्रँदै सांसद शर्मा, कांग्रेस संसदीय दलको बैठक डाक्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका हुन् । साउन १० गते प्रतिनिधि सभा बैठक ब...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उ...

गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली

गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली
धनकुटा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए । संसदबाट न...

युवा नेता विकास घिमिरेले पाए कांग्रेस धनकुटा सचिवको जिम्मेवारी

युवा नेता विकास घिमिरेले पाए कांग्रेस धनकुटा सचिवको जिम्मेवारी
धनकुटा । नेपाली कांग्रेस धनकुटाले युवा नेता विकास घिमिरेलाई जिल्ला सचिवको जिम्मेवारी प्रदान गरेको छ । जनता समाजवादी पार्टीको जिल्ला उपाध्यक्ष पद छोडेर कांग्रेसमा आएका नेता घिमिरेलाई कांग्रेस जिल्ला सचिवको जिम्मेवारी दिइएको हो । घिमिरेसँगै जसपाको सचिव पद छोडेर आएका श्रीराम रायमाझीलाई कांग्रेसले सह–सचिव बनाएको छ भने जसपाको धनकुटा नगर अध्यक्ष पदत्याग गरेर आएका दिलकुमार राईलाई नगरको उपसभापति पद दिइ...

भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा

भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भ्रष्टाचारी र घुसखोरी विरुद्ध बोल्न नदिए अमरेश कुमार सिंह जस्तै अरु सांसद पनि नाङ्गिनु पर्ने अवस्था आउँने संकेत गरेका छन् । प्रतिनिधि सभा बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले भ्रष्टाचार र घुसखोरी विरुद्ध बोल्न खोज्नेलाई अवरोध गर्न नहुने तर्क गरेका हुन् । भ्रष्टाचारीलाई जोगाउने खेल भइरहेको भन्दै उनले भ...

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागि नहुने भएको छ । पार्टी कार्यालय बसुन्धरामा शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि नहुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । योसँगै अब रास्वपा प्रतिपक्षमा बस्ने भएको छ । बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिए । र...

चितवन, बारा र तनहुँमा उपनिर्वाचन

चितवन, बारा र तनहुँमा उपनिर्वाचन
काठमाडौं । चितवन, बारा र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बिजयी भएका व्यक्ति बिभिन्न कारणले पदमुक्त भएपछि तीन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएका छन् । बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद य...

एमालेद्वारा तीन सय ज्येष्ठ नागरिकलाई सम्मान

एमालेद्वारा तीन सय ज्येष्ठ नागरिकलाई सम्मान
धनकुटा । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो । महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५/३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएक...
error: Content is protected !!