दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय
काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझ...

अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन

अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन
  काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । लगत्तै निर्वा...

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा
तुलसीपुर (दाङ)। आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो ...

दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी

दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी
 काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव ग...

काँग्रेसद्वारा भरतपुर–१९ मा पुनः मतदान गर्न माग

काँग्रेसद्वारा भरतपुर–१९ मा पुनः मतदान गर्न माग
चितवन । नेपाली काँग्रेस चितवन शाखाले भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र गणनाको क्रममा च्यातिएका मतपत्रका सम्बन्धमा पुनः मतदान गर्न माग गरेको छ । काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ति जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । राति मतगणना भइरहेको अवस्थामा भएको...

भरतपुरमा पुनः मतदान कि गणना ? के छ कानुनी व्यवस्था ?

भरतपुरमा पुनः मतदान कि गणना ? के छ कानुनी व्यवस्था ?
 १५ जेठ, काठमाडौं । मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना रोकिएको छ । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् । तर, चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले मतपत्र च्यातेको बताएका छन् । यसबारे सथ्यतथ्य छानविन होला नै । तर, अब पुनःमतगणना कि मतदान भन्ने बहस सुरु भएको छ । नेकपा एमालेले च्यातिएका मतपत्रहरु...

भरतपुरमा एमाले-माओवादी विवादः पुनः मतगणना कि पुनः मतदान ?

भरतपुरमा एमाले-माओवादी विवादः पुनः मतगणना कि पुनः मतदान ?
काठमाडौैं । भरतपुर महानगरपालिकाले गणतन्त्र दिवसका अवसरमा आज जनप्रतिनिधि पाउँदै थियो । तर मतगणना करिव करिव अन्तिम चरणमा पुगेका बेला आइतवार मध्यरातमा मतपत्र च्यातियो । मतपत्र च्यातेको आरोप एमाले र माओवादीले एक अर्कालाई आरोप प्रत्यारोप गरेपनि चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले च्यातेको बताइसकेका छन् । मतपत्र कसले च्यात्यो भन्ने अब बहसको विषय रहेन । बहस अब पुनः मतगणना ...

रेणु दाहालले रञ्जु दर्शनाबाट सिकुन्- लोकतन्त्र के हो ?

रेणु दाहालले रञ्जु दर्शनाबाट सिकुन्- लोकतन्त्र के हो ?
काठमाडौं । आज गणतन्त्र दिवस । हामीले शुभप्रभातमा सुनेको अशुभ खबर हो- भरतपुरमा मध्यरातमा मतपत्र च्यातियो । राति नै मतगणनास्थलमा झडप भयो र माओवादी कार्यकर्ताले मतपत्र च्याते । गणतन्त्र दिवसका दिन एकाबिहानै शुभ खबर सुन्नुपर्ने हाम्रा कानले यस्तो घृणित समाचार सुन्नुपर्‍यो । लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचनको चिरहरण गरिएको समाचार ऐतिहासिक दिनमा सुन्नु निकै दुखद घटना हो । गणतन्त्र दिवसको ब...

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी
भक्तपुर। चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा ...

तत्काल मतगणना सुरु गर्न एमालेको माग

तत्काल मतगणना सुरु गर्न एमालेको माग
चितवन। नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गर्नुभयो । भरतपुर महानगरपाल...
error: Content is protected !!