सङ्घीयतासम्बन्धी पहिलो बजेट

सङ्घीयतासम्बन्धी पहिलो बजेट
काठमाडौ। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताउनुभएको छ । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताउनुभयो । आफनो गाउँघरमा ...

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल
चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो । सो विषयमा निर्वाचन आयोग...

भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला

भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् । भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा पुनः मतदान हुन नदिने बताए । चितवनमा बालुवाटारबाट खटाइएका ‘गुरिल्ला’ हरुले...

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ
  पाँचथर । नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस समन्वय समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो । कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बा...

भरतपुरः मतगणना छानबिन गर्न माग

भरतपुरः मतगणना छानबिन गर्न माग
काठमाडौ । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँद...

शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा

शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा
गुल्मी । स्थानीय तहको चुनावमा उम्मेदवार बन्नको लागि यहाँका शिक्षकशिक्षिकाहरुले धमाधम राजीनामा दिन थालेका छन् । दोस्रो चरणमा हुने चुनावका लागि उम्मेदवार बन्नका लागि यहाँका २० जना शिक्षकहरुले राजीनामा दिएका हुन् । राजीनामा दिने शिक्षकहरु मध्ये १५ जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरुले रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । यस्तै निमावि तर्फका ५ जना शिक्षकले राजीनामा दिएका छन् । प्र...

मजदुर भन्छन्– ‘चुनाव नलागे पनि भोट हाल्छौँ’

मजदुर भन्छन्– ‘चुनाव नलागे पनि भोट हाल्छौँ’
बनियानी (झापा) । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक नभएपनि मतदान गर्ने पक्षमा छन् झापाको बिर्तामोडस्थित एक्सल बैंक नजिकै बालुवा चालिरहेका चारपानेका राजु मगरले चुनावको दिन काममा नजाने सोच बनाउनु भएको छ । ‘काम नगरी मुखमा माड लाग्...

सहमतीय सरकारका लागि छलफल

सहमतीय सरकारका लागि छलफल
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल सुरु भएको छ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन सम्बन्धमा आज व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिप...

उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा

उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा
भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुनुहुन्थ्यो–मध्यपुर थि...

सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्यो : ओली

सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्यो : ओली
काठमाडौ। नेकपा (एमाले)ले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गर्नुभएको थ...
error: Content is protected !!