प्रधानमन्त्रीको निर्वाचनबारे रणनीति तय गर्दै एमाले

प्रधानमन्त्रीको निर्वाचनबारे रणनीति तय गर्दै एमाले
काठमाडौँ। नयाँ प्रधानमन्त्री चयन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दैछ । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद् बैठक चल्न नदिने र प्रधानमन्त्री चयनको मनोनयन प्रक्रियामा भाग नलिने जनाएको एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता भइसकेको अवस्थामा आफ्नो रणनीति तय गर्ने प्र...

तेह्रथुमका १३ मतदानस्थल संवेदनशील देखिएपछि छुट्टै सुरक्षा रणनीति

तेह्रथुमका १३ मतदानस्थल संवेदनशील देखिएपछि छुट्टै सुरक्षा रणनीति
तेह्रथुम। सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ । सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थललाई संवदेनशील ठहराएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । उहाँका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत ...

जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन

जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन
काठमाडौ। स्थानीय तहका निर्वाचित पदाधिकारीले भटाभट सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न थालेपछि सरकारले त्यसमा नियन्त्रण गरेको छ । कार्यविधि र मापदण्ड नबनुन्जेल बृद्ध भत्तालगायत सामाजिक सुरक्षासम्बन्धी कुनै निर्णय नगर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई लगाम लगाएको हो । मन्त्रिपरिषदले बुधवार पारित गरेको ‘स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश’ ले गाउपालिका, नगरपालिका, महानग...

मस्र्याङ्दी गाउँकार्यपालिका निर्विरोध

मस्र्याङ्दी गाउँकार्यपालिका निर्विरोध
लमजुङ (बेसीसहर) । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । महिला सदस्यमा नेकपा (माओवादी केन्द्र)का अनिता विक र नेकपा (एमाले)बाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित...

एमालेको संसद अवरोधले देउवा प्रधानमन्त्री बन्ने प्रक्रिया अवरुद्ध !

एमालेको संसद अवरोधले देउवा प्रधानमन्त्री बन्ने प्रक्रिया अवरुद्ध !
काठमाडौं ।भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राखेर प्रमुख विपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधले नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध हुने देखिएको छ । सत्तारुढ दलका कार्यकर्ताबाट योजनावद्ध रुपमा मतपत्र च्यातिएको भन्दै एमालेले पुनःमतदान मान्य नहुने बताएको छ । निर्वाचन आयोगमा पुगेर आफ्ना धारणा प्रष्ट राखेको एमालेले थप दबाव दिन भन्दै बुधबारदेखि सदन अवरुद्ध पारेको छ, जुन आज बिहीबार ...

मतगणना सुरु नभए देशब्यापी आन्दोलन चर्काउँने अनेरास्वबियुको चेतावनी

मतगणना सुरु नभए देशब्यापी आन्दोलन चर्काउँने अनेरास्वबियुको चेतावनी
काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विधि र प्रक्रियानुसार भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन गर्न माग गरेको छ । यहाँ आयोजित विरोध सभामा युनियनका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यात्नेलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित गणनालाई टुङ्गो लगाएर परिणाम सार्वजनिक गर्न आग्रह गर्नुभयो । उहाँले शुक्रबार मध्याह्न १२ बजेसम्म पनि नि...

एमालेका २० नेतालाई कारबाही गर्न सिफारिस

एमालेका २० नेतालाई कारबाही गर्न सिफारिस
सल्यान। नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र...

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा छुटे

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा छुटे
चितवन। भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो । उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौप...

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै
चितवन। गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उहाँले जानकार...

नेत्री कोइराला कम्बोडिया प्रस्थान

नेत्री कोइराला कम्बोडिया प्रस्थान
    काठमाडौ । कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेत्री कोइराला एसियाली राजनीतिक ...
error: Content is protected !!