धनकुटामा क–कस्ले लिए उम्मेदवारी फिर्ता ?

धनकुटामा क–कस्ले लिए उम्मेदवारी फिर्ता ?
धनकुटा । धनकुटामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका हुन । खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका–१ मा राप्रपाको तर्फवाट वडाध्यक्षमा उम्मेदवारी दिएका गजिन्द्र राईले उम्मेदवारी ...

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ
पाँचथर । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।  पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको उहाँको भनाइ छ । मधेसको क्षेत्रमा म...

सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त

सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त
इनरुवा । स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् ।  जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन् । सुनसरीमा रहेका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९म...

झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित

झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित
झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ । बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २...

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते
खोटाङ। नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।  उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला ...

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए
काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको सुरक्षार्थ २० हजार बढी शस्त्र प्रहरी खटिएका छन् । चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ ज...

विकासको झुटो आश्वासन बाँडेको आरोप

विकासको झुटो आश्वासन बाँडेको आरोप
भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् । भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाउनुभयो । भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमु...

एकहजार ५६७ को मनोनयन, २० जना बागी

एकहजार ५६७ को मनोनयन, २० जना बागी
खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अ...

संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी...

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा
बुटवल। गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना ...
error: Content is protected !!