तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी
१४ असार। असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म मतदाताको उत्साह देखिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएका छन् । वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजे...

धनकुटामा चुनावको तयारी पुरा

धनकुटामा चुनावको तयारी पुरा
धनकुटा, १३ असार । बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । बुधबार बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । धनकुटाका एक सय १७ मतदान स्थलमा एक सय ४३ वटा मतदान केन्द्र तोकिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ९५ हजार ३ सय ७१ मतदाता छन । सुरक्ष...

धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण

धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण
धनकुटा, १३ असार । दोस्रो चरण अन्तरगत बुधबार हुने स्थानीय तह निर्वाचनका लागि धनकुटामा मतदाता परिचय–पत्र वितरण सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समयमा लगभग ७५ प्रतिशत अर्थात करिव ७१ हजार मतदातालाई परिचय–पत्र वितरण गरिएको हो । असार ११ गतेदेखि मतदाता परिचय–पत्र वितरण शुरु गरिएको थियो । परिचयपत्र वितरणका लागि विहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । कतिपय मतदान केन्द्रमा ८० प्रतिशतमाथि म...

अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग

अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग
काठमाडौँ। निर्वाचन आयोगले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हर...

ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना

ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमा एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन गरेको सरकारको आलोचना गरेका हुन् । अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाक...

शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?

शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?
काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै...

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन
काठमाडौं । दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए । भारतकै अन्य राज्यका जनताले आन...

ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो

ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए । ‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको पुरानो गाडी भन्दै ओलीले ‘जापनीज गाडीमा इन्डियन इन्जिन जोडेर हाम्रो नय...

दोस्रो चरणको चुनाव लगतै राप्रपा सरकारमा जान्छः राणा

दोस्रो चरणको चुनाव लगतै राप्रपा सरकारमा जान्छः राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्नभएलगत्तै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राणाले भने, ‘सरकारमा सहभागी हुनेबारे गृहकार्य भइरहेको छ, हामीले समर्थन गरेको सरकारमा सहभागीनहुने भन्ने कुरै हुँदैन ।’ तर कतिओटा मन्त्रालय लिने भन्नेबारे अझै निर्णय नभएको भन्दै उनले भने, ‘तीनदेखि...

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)
नेकपा एमालेका तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार पर्शुराम नेपालले गरेको भाषणको भिडियो हेर्नुहोस्... मेयरका उम्मेदवार पर्शुराम नेपाललाई कार्यकर्ताले बोकेर नचाएको तस्वीरहरु हेर्नुहोस् ...
error: Content is protected !!