भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना
धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...

धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु
धनुकटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बिहान १० बजेबाट मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।   दोस्रो चरणको स्थनीय तह निर्वाचन अन्र्तगत छथरमा हिजो भएको मतदानमा ७ हजार ६ सय ७२ मत खसेको थियो । १० हजार ७ सय ३५ मतदाता रहेको छथरमा ७१ दशमलव ४८ प्रतिशत मत खसेको हो । संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।

धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना
धनुकटा, १४ असार । धनकुटाका सात वटै स्थानीय तहमा बिहिबार बिहानबाट मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा मतदान भएको थियो । १ सय १७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । जिल्लामा उत्साहजनक र शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जा...

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री ...

दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने
बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा २ लाख ९१ हजार १५० मतदाता छन् । उनीहरुको मतबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् । जिल्लाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्र तोकिएको ...

धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटामा २ नक्कली मतदाता पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको...

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)
धनकुटामा जारी मतदानको भिडियो हेर्नुहोस्... धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उ...

धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)

धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)
धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उत्साहित भएर मतदान गरिरहेका छन । युवा–युवती देख...

तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी
१४ असार। असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म मतदाताको उत्साह देखिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएका छन् । वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजे...
error: Content is protected !!