डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी
डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो । अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ ...

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी
 नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले २ हजार ९ सय ६३ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थरुनीले २ हजार ९ सय ४० मत प्राप्त गरी विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द...

प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित

प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ । डडेलधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् । यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए । डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छ...

दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी
 दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । अध्यक्षमा एमालेका परमानन्द जोशी २ हजार २ सय ३५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तम नाथले २ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै माधवी जोशी २ हजार २ सय ३० मतका साथ विजयी भएकी छन् । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी कांग्रेसकी जानकी ओझाले २ हजा १ सय ५० मत ...

बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी

बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका जितेर कांग्रेसले दोस्रो चरणको चुनावमा नगरपालिकातर्फ विजयी सुरुवात गरेको छ । कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्...

मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित

मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित १ हजार ९ सय मत प्राप्त गरि बिजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सुजता लिम्बु...

धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी

धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी
धनकुटा, १६ असार । धनकुटामा नयाँ शक्ति पार्टीले बिजयको खाता खोजेको छ । धनकुटा नगरपालिका–३ बाट नयाँ शक्तिका विकास घिमिरे बिजयी भएका छन । घिमिरेले २९६  मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुकुन्द भण्डारीले २ सय ६५ मत पाएका छन । धनकुटा नगरपालिका वडा नम्बर २ बाट यसअघि एमालेले बिजय प्राप्त गरिसकेको छ । अन्य वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।

छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित

छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित
धनकुटा, १६ असार ।  धनकुटाको छथर जोरपाटी गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका पुखमान आलेले ४ सय ४४ मत ल्याउँदै बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्द लिम्बुले २ सय ५० मत प्राप्त गरेका छन । यता छथर जोरपाटी गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका कृष्ण कुमार मगर बिजयी भएका छन । उनले ४ सय ९९ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्धन्द्धी एमालेका इन्द्र सा...

धनकुटा २ मा एमालेको प्यानलनै बिजयी

धनकुटा २ मा एमालेको प्यानलनै बिजयी
धनकुटा, १६ असार । धनकुटा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका चन्द्रलाल तामाङ्गले ८ सय १६ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राज कुमार राईले ३ सय १० मत प्राप्त गरेका छन ।

सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी
इनरुवा । सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गर्नुभएको हो ।  श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गर्नुभएको हो । आज बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अ...
error: Content is protected !!