महामारीको तीज

महामारीको तीज
रातो साडी, चोली र झरझुट्ट गहनाले सजिएर हिन्दु नारीहरुले मनाउँने महान चाड हरितालिका तीजको छुट्टै धार्मीक महत्व छ । हिन्दु धर्मका बिभिन्न धार्मीक ग्रन्थ र पौराणीक कथा अनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान बिष्णुसँग गरिदिने बाचा गरेका थिए । पिताको बचन पार्वतीलाई मन नपरेपछि आफूले मनपराएको वर पाउँभनि जंगलमा गएर तपस्या गरिरहेकी पार्वतीले एक सय बर्षसम्म पनि तपस्याको फल नपाएपछि शिव लिंगको स...

कोरोनाको कहर र अनलाइनको रहर

कोरोनाको कहर र अनलाइनको रहर
यो कोरोना भाइरसको महामारीले विकसित मूलुकमा स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुर्यायो तर हाम्रो नेपालमा शिक्षा क्षेत्रमा ठूलो उथलपुथल ल्यायो । वरिष्ठ शिक्षाविदेखि कनिष्ठ शिक्षकसमेत , यही कोरोनाको कारणले बनेका केही आइटी मास्टर र नव शिक्षाविद् सबैले ताली पिटे, दाँत देखाए निर्णयको समर्थन गरे । एस ई ई परीक्षा कापी कलमको पाटोबाट टाढा भयो । त्यो पनि लकडाउन खुकुलो बनाउने मन्त्री परिषद बैठकको निर्णयसँगै । ...

नेनो टेक्नोलोजी र होमियोप्याथी

नेनो टेक्नोलोजी र होमियोप्याथी
अध्ययनको क्रममा भेटिएका तथ्यहरुलाई हेर्दा करिब ५००० वर्ष पहिले आयुर्वेदको शुरुवात भएको थियो भने, करिब २४०० वर्ष पहिले एलोप्याथीको शुरुवात भएको थियो । विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी प्राकृतिक रुपमा प्राप्त हुने औषधीलाई प्रयोग गरिएको अहिलेको सबैभन्दा नविनतम् रुपमा भर्खरै करिब २२५ वर्ष अघि विकास भएकोे चिकित्सा होमियोप्याथी हो । औषधीजन्य एउटै मात्र पदार्थलाई अत्यन्तै शक्तिकृत गरी त्यो शुक्ष्म...

जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था

जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था
नेपालमा छुवाछुतको इतिहास हेर्ने हो भने किताबका धेरै पानाहरुमा देख्न सकिन्छ । ई.पू. ६०० को आसपासमा नै वर्ण व्यवस्थाभित्र छुवाछुत गरिएको पाईन्छ । यस्तो क्रम अगाडि बढ्ने सिलसिलामा छुवाछुतलाई कानुनी रुपमा नै कठोर बनाउँदै लगिएको पाईन्छ । त्यस क्रममा हिन्दु धर्मिय शासन जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । काठमाडौं उपत्यका लगायत पश्चिम तथा मधेसमा छुवाछुतसहितको वर...

अमेरिकन फौजीकीरा र यसको एकीकृत व्यवस्थापन 

अमेरिकन फौजीकीरा र यसको एकीकृत व्यवस्थापन 
अमेरिकन फौजीकीरा अमेरिकाको रैथाने कीरा हो । यो कीरा सन् २०१६ मा अफ्रिकामा महामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा महामारीको रुपमा देखिएको यो कीरा नेपालमा पहिलो पटक सन् २०१९ मे मा नवलपुर जिल्लामा देखिएको थियो भने यस वर्ष नेपालको अधिकांस जिल्लाका मकैबालीमा मुख्य समस्याको रुपमा देखिएको छ । यसले मकै लगायत ८० भन्दा बढी अन्य विरुवामा असर गरेको पाइन्छ । यो कीरा गत हिँउदमा चित...

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत
नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रे...

ग्रामीण बालबालिका र अनलाईन कक्षाको पहुँच

ग्रामीण बालबालिका र अनलाईन कक्षाको पहुँच
दिनको १२ बजेको थियो होला, २०७४ चैत्र १ गते हुम्लाको चंखेली गाँउपालिकाको एउटा स्कुलमा पुगेका थियौं । स्कूलमा साना–साना बालबालिकाहरु मैला कपडा र नाकदेखि सिगान चुवाँउदै कितावका अक्षरलाई कनिकुथि फुटाउने कोशिस गरिरहेका थिए । ढुंगा र माटोले जसो तसो गारो उठाएर बनाएको कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयको भुँईतला र माथिल्लो तलामा अफिससहित ४ वटा कोठा थिए । भवनको अवस्था जिर्ण थियो । तीन जना शिक्षक र एक क...

कोरोना भाइरस र बैदेशिक रोजगार

कोरोना भाइरस र बैदेशिक रोजगार
आज बिश्व एउटा ठुलो चपेटामा रुमलिएको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई घेरिसकेको छ । संक्युक्त राष्ट्र संघमा आबद्ध १९५ देश मात्र नभएर बिश्वका २०५ देशमा संक्रमण फैलिसकेको छ । अमेरिका, चीन, इटाली, स्पेन, दक्षिण कोरिया जस्ता बिकसित देशहरुले रोकथामका विभिन्न उपाय अपनाउदा अपनाउदै पनि दिन दुई गुणा र रात चौगुणा माहामारी फैलिरहेको छ । कोरोना संक्रमणबाट नेपाल पनि...

४० हजार राहत शिक्षक भ्रम र यथार्थ

४० हजार राहत शिक्षक भ्रम र यथार्थ
२०६० सालपछि तत्कालीन श्री ५ को सरकारले शिक्षा क्षेत्रको विकासको नाममा तथा गुणस्तरीय शिक्षा प्रतिको प्रतिवद्धता अनुसार मुलुकभर राहत अनुदान कोटाका उपनामले हजारौं युवा शिक्षकलाई सार्वजनिक विद्यालयहरूमा नियुक्ति गरेको थियो । शिक्षक सेवा आयोगको परीक्षा प्रणाली अनुसारै जिल्ला शिक्षा कार्यालयहरूको रोहवरमा प्रत्येक वर्ष राहत अनुदान कोटाका शिक्षकहरू बृद्धि हुँदै गए । २०७३/०७४ सालसम्म आइपुग्दा देशैभरी ४० ...

बहस: प्रदेशको राजधानी ‘तोक्ने’ कि बनाउने ?

बहस: प्रदेशको राजधानी ‘तोक्ने’ कि बनाउने ?
संविधानतः प्रदेश राजधानी निर्माण गर्ने वा तोक्ने काम प्रदेश सरकारको दुईतिहाई मतमा निर्भर रहेको छ । हालसम्म दुर्इवटा प्रदेशले राजधानी तोक्ने कायम गरेको देखियो भने एउटा प्रदेशले राजधानी निर्माण गर्ने कार्य गरेको देखिएको छ । केही प्रदेशहरु निर्णय गर्नका लागि आन्तरिक छलफलमा जुटेका देखिन्छन् । राजधानी निर्माणको विषयलाई हतार, दबाव वा सकसको रुपमा नहेरौँ, योजनावद्धरुपमा नयाँ प्रशासनिक शहर निर्माण गर्ने...
error: Content is protected !!