मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ
इलाम। मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेव...

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)
धनकुटा, २८ भदौ । गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत पराजित गर्दै झापाको विर्ता युनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । स्थानीय टुडिखेलमा बुधबार भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको वरावरी भएपछि खेल ट्राईवेकरबाट टुंग्याईएको हो । ट्राईवेकरमा ४–१ गोल अन्तरले झापा बिजयी बनेको हो । खेल सुरुवातको २१ औं ...

धनकुटा इन्स्टिच्यूटमा पत्रकारको हाउजी

धनकुटा इन्स्टिच्यूटमा पत्रकारको हाउजी
धनकुटा, २८ भदौ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाले आउँन लागेका चाडपर्वको शुभकामना आदान–प्रदान गरी बुधबार पत्रकारहरुलाई हाउजी बिंगो खेल खेलाएको छ । बिजया दशमी, दीवापली, छैठ र उधौली पर्वको शुभकामना आदानप्रदान गरी पत्रकारहरुवीच हाउजी विंगो खेल खेलाईएको हो । कार्यक्रममा हेल्थ साईन्सका प्रमुख राम नारायण प्रसाद ‘रामा’ र पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले शुभकामना मन्तब्य ब...

भोजपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

भोजपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु
भोजपुर। पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो । दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बि...

मन्टापोखरीमा डुबेर एकको मृत्यु

मन्टापोखरीमा डुबेर एकको मृत्यु
मोरङ । विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस

झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै

झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै
भद्रपुर। झापामा पछिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान ला...

आफूले प्रचारप्रसारमा प्रयोग गरेको गाडी फसेपछि सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारले भने “पहिला पुल बनाउँछु”

आफूले प्रचारप्रसारमा प्रयोग गरेको गाडी फसेपछि सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारले भने “पहिला पुल बनाउँछु”
सिरहा। चुनावको समयमा प्रायः सवै उम्मेदवारहरुले जनजिविका र विकास निर्माणका मुद्धालाई प्राथमिकतामा राख्ने गर्छन् । यो वेलामा उनीहरुले गर्न नसक्ने सायद कुनैपनि विषय नै हुँदैनन । कसैले पुल बनाउने, कसैले सडक, ढल बत्तिजस्ता विषय त प्रायः सवै उम्मेदवारका प्रतिवद्धतामै पर्छन् । तर, निर्वाचनपछि भने उनिहरुले उठाएका विषय आफै विर्सने गरेका धेरै उदाहरण छन् ।त्यसैले जनताले उनीहरुले गरेका प्रतिवद्धतामा खासै ...

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन
झापा।काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्...

निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ

निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ
सप्तरी । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना ...

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  
धनकुटा, २८ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा आज विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच खेल हुँदैछ । सेमिफाईनल प्रवेशका लागि विर्ता र गोधुली आम्नेसाम्ने हुन लागेका हुन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । ‘ए’ डिभिजन क्लव झापा–११ का अधिकांस खेलाडीका साथ विर्ता यूनाईटेड मैदान उत्र...
error: Content is protected !!