बिर्तामोड अपडेट: शुक्रबारदेखी जारी अनिश्चितकालीन कफ्र्यू अझै जारी

बिर्तामोड अपडेट: शुक्रबारदेखी जारी अनिश्चितकालीन कफ्र्यू अझै जारी
बिर्तामोड, ११ कात्तिक । विर्तामोडमा शुक्रबार दिउसो देखी जारी अनिश्चितकालीन कफ्र्यूलाई जिल्ला प्रशासन कार्यालय झापाले आज पनि निरन्तरता दिएको छ । एक महिनाअघि रहस्यमय रुपमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–११, तीनपैनीका लक्ष्मण शिवाकोटीको मृत्युको छानबिन गर्न माग गर्दै गरिएको प्रदर्शनका कारण बिर्तामोडमा शुक्रबार तनाव भएपछि प्रशासनले जारी गरेको कफ्र्यू आज पनि यथावत राखेको हो । प्रदर्शनका कारण ब...

मोरङमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जना पक्राउ

मोरङमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जना पक्राउ
मोरङ, ११ कात्तिक । खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जनालाई विराटनगर–१७ बाट प्रहरीले पक्राउ गरेको छ । रानी क्वाटर लाइन जाने बाटोमा मासु बिक्रि गर्ने तीन जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा खसिको स्वरुपमा खसीको अण्डकोस टाँसी अबैध रुपमा मासु बिक्री बितरण गरिरहेका विराटनगर महानगरपालिका–१७ का ४७ बर्षीय लाल मह...

हिलेको चिसोमा मेलिनाको सांगीतिक प्रस्तुतीले ततायो माहोल (भिडियोसहित)

हिलेको चिसोमा मेलिनाको सांगीतिक प्रस्तुतीले ततायो माहोल (भिडियोसहित)
हिले १० कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा बृहत् सांगीतिक एवम् साँस्कृतिक कार्यक्रम गरिएको छ । सृजनशील सास्कृतिक समुहले आयोजना गरेको कार्यक्रममा गायिका मेलिना राईको प्रस्तुतीले हिलेको चिसो मौसमलाई बिर्साउँदै माहोल ततायो । कार्यक्रममा आधा दर्जन भन्दा बढी गीत गाएकी राईले चलचित्र नोभेम्बर रेनको ‘पल्भरमै खुसी’ गीतबाट दर्शकलाई मनोरञ्जन दिलाउँन सुरु गरिन् । मेलिनाले ‘कुटुमा कुटु...

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)
धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम ...

झापामा कर्फ्युको समयमा प्रदर्शन भएपछि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु

झापामा कर्फ्युको समयमा प्रदर्शन भएपछि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु
बिर्तामोड, १० कात्तिक । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । घाईते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३२ बर्षिय नवराज (राजेश) थापाको मृत्यु ...

झापामा प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते

झापामा प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते
काठमाडौं, १० कात्तिक । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। अर्जुनधाराका एक बालक हत्या बिरोधमा शुक्रबार बिहानबाट स्थानीयले बिर्तामोडमा बिरोध प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले दिउँसो साढे एक बजेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको उल्घंघन गर्दै स्थानीयले इलाकमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि प्रहर...

भोट फकाउन तरकारीको बीउ

भोट फकाउन तरकारीको बीउ
खोटाङ, १० कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन्। गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन्। तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले रा...

राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन गर्न पाइनन्

राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन गर्न पाइनन्
काठमाडौं, १० कात्तिक । राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् । पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत...

झापामा गोली चल्यो : बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त

झापामा गोली चल्यो : बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त
झापा, १० कात्तिक । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् । शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति च...

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)
धनकुटा १० कात्तिक । धनकुटामा पनि आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ । यसअघि हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठको व्रत सुरु गरिएको थियो । बिशेष गरी तराई क्षेत्रमा मनाईने मिथिला सँस्कृतिमा आधारित छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी जिल्ला धनकुटामा पनि मनाउँन थालिएको हो । तराईमा पुर्खौली घर भई बिभिन्न सिलसिलामा धनकुटामा बसोवास गर्दै आएका तथा धनकुटा कै स्थानीयले पनि श्र...
error: Content is protected !!