पाँचधारे पोखरी संरक्षणविहीन

पाँचधारे पोखरी संरक्षणविहीन
भोजपुर, ७ माघ । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ । पर्यटकीय स्थल टेम्के डाँडाको...

टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी
तेह्रथुम, ७ माघ । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन...

धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ
धनकुटा, ७ माघ ।  ठूलो परिमाणमा गाँजासहित धनकुटा प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाटबाट ३७ किलो गाँजासहित छिन्ताङका २० बर्षीय भुपाल राई र २० बर्षकै जजल राईलाई प्रहरीले पक्राउ गरेको हो । मुलघाट प्रहरी चौकीको टोलीले बिहान करिव ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । गाँजा ओसार्न प्रयोग भएको बा.२६ प.६५४...

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण
तेह्रथुम, ७ माघ ।  म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी
तेह्रथुम, ७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति...

प्याब्सन खेलकुद प्रतियोगिता हुने

प्याब्सन खेलकुद प्रतियोगिता हुने
विराटनगर, ७ माघ । आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ प्याब्सन स्र्पोट्स मिट–२०७५ माघ १० गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, मोरङद्वारा लक्ष्मी खेलमैदान लक्ष्मीमार्ग बेलाबारीमा एक सातासम्म हुने सो प्रतियोगितमा २३८ विद्यालयका एक हजार ५०० विद्यार्थीले भाग लिने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्...

धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा

धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा
धनकुटा, ६ माघ । डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले सेवाग्राहिको सहजताका लागि चौबिसै घण्टा आँखा उपचार सेवा सञ्चालन गरेको छ । सार्वजनिक विदामासमेत खुल्ला रहनेगरी अव चौबिसै घण्टा सेवा सुचारु गरिएको अस्पताल सञ्चालक नेपाल नेत्र ज्योति संघका अध्यक्ष दोर्ण प्रसाद गुरागाँईले जानकारी दिए । यसअघि विहान १० देखि अपरान्ह ३ बजेसम्म उपचार हुने गरेको थियो । शनिवारसहित सार्वजनिक बिदाको समयमा आँखामा केहि ...

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई
इलाम, ६ माघ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गर्नुभएको छ । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भन्नुभयो, “हामी नयाँ ढाँचामा क...

धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार

धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार
धनकुटा, ६ माघ । धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव ७ सय विरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो । शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष ईन्दिरा थापाले जानकारी दिईन् । ‘गाउँ–गाउँबाट वालवालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउँन आउनुभयो ।’ थापाले भनिन् ‘महिलाक...

ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने

ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने
ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पुर्याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ । जिल्लाबाट उपचारका लागि काठमाडौँ पुगेका बिरामी, अशक्त र काठमाडौँ लगायत आसपासमा रहेर आपत विपद्मा परेकालाई सहयोग पुर्याउनका लागि ताप्लेजुङ सरोकार समाजले भवन निर्माण गर्ने भएको हो । भवन निर्माणका लागि रु ५३ लाख १७ हजार १११ रकमसमेत सङ्कलन भइसकेको समाजका उपाध्यक्ष युवराज गुरुङले ...
error: Content is protected !!