नागरिकता नपाएपछि बिराटनगरमा प्रदर्शन

नागरिकता नपाएपछि बिराटनगरमा प्रदर्शन
काठमाडौं, २६ चैत । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् । हालै मात्र गृह मन्त्रालयले ज...

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते
काठमाडौं,  ५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घ...

सुनसरीमा बस पल्टियो, २३ यात्रु घाईते

सुनसरीमा बस पल्टियो, २३ यात्रु घाईते
सुनसरी, २५ चैत । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । बिहान साढे ४ बजे मन्थलीबाट काकरभिट्टा जाँदै गरेको मे. १ ख. १९७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तित्रीवनमा अनियन्त्रित भएर पल्टिएको हो । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी र बिराटनगरको गोल्डेन अस्पताल लगिएको छ । बसमा २८ जना सवार थिए । दुर्घटना पश्चात बस चालकल...

प्रदेश नं. १ का सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन

प्रदेश नं. १ का सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन
बिराटनगर ,२५  चैत । प्रदेश नं. १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ । पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालनका लागि नर्स छनोट गरी सम्बन्धित विद्यालयमा पठाएको जनाएको छ । चालु आर्थिक वर्षका लागि सञ्चालनमा ल्याइएको कार्यक्रमका लागि १४ जना नर्स छनौट गरी १ च...

तमोर नदीमा र्‍याफ्टिङ दुर्घटना हुँदा एकको मृत्यु

तमोर नदीमा र्‍याफ्टिङ दुर्घटना हुँदा एकको मृत्यु
धनकुटा, २४ चैत । धनकुटाको सहिदभूमी गाउँपालिका–१ सफाईधाप स्थित तमोर नदीमा आईतबार अपरान्ह र्‍याफ्टिङ वोट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनकुटाको मुलघाटबाट सुनसरीको चतरा जाँदै गरेको र्‍याफ्टिङ अपरान्ह करिव ३ बजे नदीमा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । र्‍याफ्टिङ वोट पल्टिँदा नदीमा डुबेर गुरुङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि ध...

धनकुटामा कुटपिट गरेर साथीको हत्या

धनकुटामा कुटपिट गरेर साथीको हत्या
धनकुृटा, २४ चैत । धनकुटा नगरपालिका–२ भीरगाउँमा एक युवकको हत्या भएको छ । भीरगाउँका २७ वर्षीय मानबहादुर दर्लामीको शनिवार साँझ हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय रवि दर्लामी मगर र २५ बर्षीय छवी राना मगरलाई नियन्त्रणमा लिएको छ । कुटपिट गरेर मानबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उन...

सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट ९ घर जलेर नष्ट

सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट ९ घर जलेर नष्ट
इनरुवा । सुनसरीको कोशी गाउँपालिकास्थित जुद्धगञ्जमा भएको आगलागीमा ९ घर जलेको छ । लागलागीका कारण २३ लाख ४१ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रुख काट्ने क्रममा बिजुलीको तार सर्ट भई आगो सल्केको बताइएको छ । रहमान मन्सुरीको घरमा लागेको आगो हावाहुरीका कारण फैलिंदा अन्य ८ परिवारको घर समेत जलेको छ । आगलागीका कारण ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक...

प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने

प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने
विराटनगर, २२ चैत । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको ...

‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव आजबाट

‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव आजबाट
तेह्रथुम । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जललजले (टिएमजे) क्षेत्रमा आजबाट अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु भएको छ । महोत्सवमा १ सय २ भन्दा बढी मुलुकका विदेशी पर्यटकहरु जम्मा हुने भएका छन् । बिहीबार (आज)बाट आरम्भ हुने अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवले नेपालमै पिहलो पटक यतिका सम्म धेरै मुलुकका पर्यटक एकै स्थानमा भेला गराउन लागेको हो ।। टिएमजे क्षेत्र खास...

झापामा फोहर फाल्नेलाई फोहर ‘उपहार’

झापामा फोहर फाल्नेलाई फोहर ‘उपहार’
बनियानी, २२ चैत । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानम...
error: Content is protected !!