धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
धनकुटा । आरडीटी रिपोर्ट पोजिटिभ आएका धनकुटाका एक कर्मचारीको पीसीआर बिधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पाईएको छ । आरडीटी पोजिटिभ देखिएका एकसहित २२ जनाको स्वाब संकलन गरी धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । केही दिनअघि जिल्लाको छथर जोरपाटी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा गाउँपालिका कार्य...

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा मेचीनगर नगरपालिका–१२ का २४ बर्षीय रामायण राजवंशीको मृत्यु भएको हो । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा राजवंशी घाईते भएका थिए । उपचारका लागी मनमोहन अस्पताल बिर्तामोड लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना
धनकुटा । धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न बोकेर धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको ना.६ ख.१८८६ नम्बरको ट्रक बिहान करिव ४ बजे धनकुटा नगरपालिका–१० पाल्लेखोला स्थित पेट्रोल पम्प नजिक दुर्घटना भएको हो । ट्रक सडकबाट पल्टिएर डिलमुनी खसेको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ट्रकमा रहेका चालक र सह–चाल...

धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध

धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध
धनकुटा । धनकुटामा मंगलबार साँझ आएको हावाहुरीले दर्जनौं स्थानमा क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर बिद्युत लाईनका ७० भन्दा बढी पोल ढलेका छन् । ठाउँ–ठाउँमा बिद्युतका पोल ढल्नुका साथै तार चुडिदा जिल्लाभरको बिद्युत अवरुद्ध भएको बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । ‘साँझसम्म ७० भन्दा बढी पोल ढलेको जानकारी आएको छ । हावाहुरीले अझै कति क्षति पुर्यायो यक...

धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन

धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन
धनकुटा । धनकुटामा मंगलबार छ पत्रकारसहित १८३ जनाको स्वाब संकलन गरिएको छ । पीसीआर बिधिबाट कोरोना परीक्षणका लागि उनीहरुको स्वाब लिइएको हो । धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोही क्रममा संक्रमितको सम्पर्कमा पुगेका र फन्टलाईनमा काम गर्नेहरुको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमु...

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ बाट आज बिहान लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बिहान साँढे ५ बजे लागुऔषधसहित लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट डाईलक्स डि.सी. १०० मिलिलिटरको ४७ बोतल, नाईट्रोसन ९० ट्याब्...

मोरङको सुन्दरहरैंचा र केरावारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको सुन्दरहरैंचा र केरावारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैंचा र केराबारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती करिव १० बजे केरावारी गाउँपालिका–९ स्थित भित्री सडक खण्डमा को.३८ प.१०७१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक स्थानीय ३० बर्षीय बिकास गुरुङको मृत्यु भएको हो । बाटोमा ढलेको रुखको हागोमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा गुरुङ गंभीर घाईते भएका थिए । उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होम पुर्याई...

ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
ईलाम । ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर माङसेबुङ गाउँपालिका–१ का १२ बर्षीय सुवी बस्नेतको मृत्यु भएको हो । सोमबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

धनकुटामा एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ, २२ जनाको स्वाब पठाइयो

धनकुटामा एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ, २२ जनाको स्वाब पठाइयो
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका कार्यालयमा कार्यरत एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । छथर जोरपाटीमा २४ जनाको परीक्षण गर्दा एक पुरुष कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै गाउँपालिकाकै अन्य दुई जनाको रिपोर्ट पनि शंकास्पद आएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुन्दरमान डंगोलले जानकारी दिए । आरडीटी रिपोर्ट पोजिटिभ आउँने ती कर्मचारीले कोरोना संक्रमण पु...

भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

भोजपुरका ५२ पत्रकारको कोरोना बिमा
भोजपुर । भोजपुरका पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोना संक्रमण फैलिरहेका बेला जोखिम मोलेर काम गर्ने पत्रकारका लागि स्थानीय जनप्रतिनिधिले बिमा कम्पनीसँग सम्झौता गरेर क्रियाशिल ५२ जना पत्रकारको बिमा सम्झौता गरेका हुन् । भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँग पत्रकारको बिमा सम्झौता...
error: Content is protected !!