धनकुटासहित थप दश स्थानमा पीसीआर परीक्षण ल्याब संचालन गर्ने निर्णय

धनकुटासहित थप दश स्थानमा पीसीआर परीक्षण ल्याब संचालन गर्ने निर्णय
धनकुटा । धनकुटासहित थप दश स्थानमा कोरोना परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला संचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा बसेको आईसीएसको बैठकले दश वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो । धनकुटा अस्पताल, मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल,...

मोरङको बक्राहा खोलाले बगाउँदा महिलाको मृत्यु

मोरङको बक्राहा खोलाले बगाउँदा महिलाको मृत्यु
बिराटनगर । मोरङको बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हो । बिहिवार साँझ बक्राहा खोला नजिकै चौपाया चराईरहेकी उनी बाढी आएको खोलाले बगाउँदा बेपत्ता भएकी थिईन् । ईलाका प्रहरी कार्यालय सिजुवा र स्थानीयवासीले खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा आज बिहान उन...

धनकुटाका राई हतियारसहित धरानबाट पक्राउ

धनकुटाका राई हतियारसहित धरानबाट पक्राउ
सुनसरी । धनकुटाको सहिदभूमीका एक युवा धरानबाट हतियारसहित पक्राउ परेका छन् । सहिदभूमी-६ का २७ बर्षीय रोशन राईलाई हतियारसहित धरान–१५ बाट प्रहरीले पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । धरानमा लुकीछिपी बसेका राईलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनल...

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु
बिराटनगर । मोरङमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङ लागेर मृत्यु भएको हो । आज दिउँसो पौने २ बजे बर्षासँगै आएको चट्याङ लाग्दा खेतमा धान रोपिरहेको अवस्थामा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाको बजेट ५८ करोड

महालक्ष्मी नगरपालिकाको बजेट ५८ करोड
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि महालक्ष्मी नगरले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको हो । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बजेट ल्याएको महालक्ष्मी नगरले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पुर्याएको हो । संघीय सरकार र प्रदेश सरकार...

पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु
झापा । झापामा पानी जमेको खाल्डोमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ कंचनवारीका श्याम कुमार टुडुकी साढे १ बर्षीया छोरी अनुसाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । दिउँसो पौने ३ बजे घरमै खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालिका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ
बिराटनगर । बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट २२ बोतल लागुऔषध कोरेक्ससहित स्थानीय १९ बर्षीय सुधिर पासवानलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका पासवानको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा भारतको पश्चिम बङ्गाल घर भएका चालक २७ बर्षीय सञ्जय बरमनको मृत्यु भएको हो । मानेभञ्ज्याङबाट थाक्लेतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बरमन गम्भीर घाईते भएका थिए । ...

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । ईटहरी–८ खोलाटोलीस्थित भित्रि सडक खण्डमा को.३९ प.५५७२ नम्बरको मोटरसाईकलको ठक्करबाट सुनसरी ईनरुवा–७ का ३५ बर्षीय मोहमद नजुन मियाको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट साईकलयात्री मोहमदको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तमोर नदीले बगाउँदा तीन जना बेपत्ता

तमोर नदीले बगाउँदा तीन जना बेपत्ता
धनकुटा । तेह्रथुम र ताप्लेजुङका तीन जनालाई तमोर नदीले बगाएको छ । तेह्रथुमका दुई र ताप्लेजुङका एक जनालाई सोमबार दिउँसो नदीले बगाउँदा बेपत्ता भएका हुन् । दिउँसो ३ बजे साथीहरुसँग तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोरले बगाएको हो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका उनीहरुको खोजी भईरहेको भएपनि हालसम्म फेला नपरेको प्...
error: Content is protected !!