महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आईतबार एक दिने बाली उपचार शिविर संचालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र धनकुटाले जीतपुरमा शिविर आयोजना गरेको हो । बालीमा लागेको रोग पहिचान गरी उपचार गरेर उत्पादन घट्न नदिने उद्धेश्यले शिविर संचालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । जीतपुर, मारेककटहरे, लेगुवा, मुर्तिढुंगा लगायत क्षेत्रका ५३ जना ...

बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान
बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ का हरी सुवेदीको घरमा आगलागी भएको छ । बिहान करिव ३ बजे लागेको आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । आगलागीबाट घर नष्ट हुँदा करिव १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ तोला सुन र ४० हजार नगदसमेत जलेर नष्ट भएको छ । यसैवीच आगलागीपीडित सुवेदी परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । ...

चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण

चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोका बिरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाई अनुदानमा दुई हजार ३ सय एभोकाडोका बिरुवा वितरण गरिएको हो । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर वडा नं. १, २, ५, ६ र ८ का १९ वटा कृषक समुहलाई एभोकाडोका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिक...

फरार अभियुक्त ७ बर्षपछि पक्राउ

फरार अभियुक्त ७ बर्षपछि पक्राउ
उदयपुर । लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकेर पनि फरार रहेका दुई जनालाई उदयपुर प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको २०७० भदौ १८ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाईएका दुई अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २५ बर्षीय अनुप खड्का र चौदण्डीगढी नगरपालिका–६ का २२ बर्षीय नाप्सु आले छन् । फरार रहेका उ...

ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ

ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको ईनरुवाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईनरुवा–३ महेन्द्र चोकबाट लागुऔषधसहित ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम पक्राउ परेका हुन् । आज बिहान साढे ११ बजे को.१० प.१९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनीहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल बरामद भ...

धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १७ वर्षिया किशोरी बलात्कृत भएको रहस्य खुलेको छ । बलात्कार गरेर गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि घटनाको रहस्य खुलेको हो । किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको जाहेरी परेपछि चौविसे गाउँपालिका–८ सोक्रोक्पा बसन्तटारका २२ बर्षीय भीम लिम्बु र १७ बर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्र...

भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत

भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत
धनकुटा । धनकुटाको भेडेटार बजार अनुगमन गरिएको छ । धनकुटा जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद सकिएका सामाग्रीहरु भेटिएकाले व्यापारीहरुलाई सचेत गराईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन गरी पसलहरुमा मुल्य सूची राख्न, सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा व्यवसाय संचालन गर्न र म्याद सकिएका खाद्य सामाग्री नवेच्न आग्रह गरिएको अनुगमन टोलीमा सहभागि उद्योग ...

बेलबारी नगरपालिकाद्वारा निःशुल्क माटो परीक्षण

बेलबारी नगरपालिकाद्वारा निःशुल्क माटो परीक्षण
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले २ सयभन्दा बढी कृषकको खेतबारीको माटो परीक्षण गरेको छ । कृषि भूमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोली बोलाएर नगरपालिकाले निःशुल्क माटो परीक्षण गरेको हो । व्यवसायिक कृषिमा जोड दिन माटो परीक्षण गरिएको बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार माटो परीक्षण नगरी खेति गर्दा माटो सुहाउँदो बाली नहुँने संभावना भई बाली नफस्टाउने समस्या हुने गरेका...

खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा एक जनाको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा एक जनाको मृत्यु
मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर एक जनाको मृत्यु भएको छ । खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा स्थानीय २२ बर्षीय मोहम्मद सजाद मियाको मृत्यु भएको हो । धनपालथान–६ का लखना रायको खेतमा जोत्ने क्रममा को.२ त.६२१८ नम्बरको ट्याक्टर पल्टिएर किच्दा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापा । झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको मृत्यु भएको हो । स्थानीय सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
error: Content is protected !!