ईटहरी प्रहरीद्वारा हराएका र चोरी भएका २० थान मोवायल फिर्ता

ईटहरी प्रहरीद्वारा हराएका र चोरी भएका २० थान मोवायल फिर्ता
सुनसरी । ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका र चोरी भएका २० थान मोवाईल फेला पारेर सम्बन्धित मोवायल धनीलाई आईतबार फिर्ता दिएको छ । यसै महिना हराएका वा चोरी भएका करिव ५ लाख ९४ हजार मुल्य बराबरका २० थान मोवायल सेट प्रहरीले फेला पारेर फिर्ता दिएको हो । मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनेर उजुरी आउँने गरेको छ । सोही उजुरीका आधारमा खोजतलास गरी मोवायल फेला पारेर सम्बन्धित धनीलाई फिर्त...

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बाट लागुऔषधसहित सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राँगालाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते

राँगालाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते
झापा । झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे.१० प.९८२६ नम्बरको मोटरसाईकल कमल गाउँपालिका–३ केर्खामा दुर्घटना हुँदा झापाका २७ बर्षीय प्रदिप लम्सालको मृत्यु भएको हो । शनिवार राती सवा १२ बजे सडकमा उभिरहेको राँगालाई मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक लम्साल घाईते भएका थिए । घाईते लम्साललाई उपचारका लागि अस्पताल लैजाने क्रममा...

मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने

मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने
बेलबारी । मोरङको उत्तरी क्षेत्रका ६ वटा पालिकाले संयुक्त रुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापन गर्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका तथा कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तीन वटा योजना अघि बढाएका हुन् । लिभ्रा टेक्नोलोजि कम्पनीसँगको सहकार्यमा फोहोरवाट मोहोर बनाउने, सोलारबाट बिधुत उत्पादन गर्ने र दमकलको व्यवस...

धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने

धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने
धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मिृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मिृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटि धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको ने...

बरण्डाबाट लडेर एक जनाको मृत्यु

बरण्डाबाट लडेर एक जनाको मृत्यु
मोरङ । मोरङको बेलबारीमा गएराती घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बरण्डाबाट लड्दा बेलबारी–१ का ३५ बर्षीय राजकुमार धितालको मृत्यु भएको हो । राती करिव ९ बजे आफनै घरको बरण्डाबाट लडेर धिताल बेहोस भएका थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित नोवेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिब सवा १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी

धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउँन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले ज...

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ
मोरङ । बिराटनगर महानगरपालिका–१२ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १० बोतल DIALEX DC र २० ट्याबलेट NITRAVET  चक्कीसहित आज दिउँसो साँढे १२ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ
उदयपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ बर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय सुनाएर पनि फरार रहेका त्रियुगा नगरपालिका–६ का ३३ बर्षीय देव राईलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले २०७१ साउन १७ गते जबरजस्ती करणी मुद्धामा राईलाई ५ बर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए । उनलाई आज बिहान करिब ११ बजे पक्राउ गरेर तोकिएको सजाय भु...

३ बर्षे बालकको शव कुलोमा

३ बर्षे बालकको शव कुलोमा
मोरङ । मोरङको केरावारी गाउँपालिका–७ मा ३ बर्षे बालकको शव कुलोमा भेटिएको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई केरावारीस्थित मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन मृत फेला परेका हुन् । घर नजिकै रहेको पानीको कुलोमा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । बिहिवार राती साँढे ९ बजे बालक कुलोमा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली घटनास्...
error: Content is protected !!