त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्यै विद्यार्थी

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्यै विद्यार्थी
  काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन । त्रिविले समयमा नै परीक्षाफल...

औद्योगिक क्षेत्रमा लोडसेडिङ

औद्योगिक क्षेत्रमा लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई पर्याप्त बिजुली दिन नसक्ने बताएको छ। सुक्खायामका कारण आन्तरिक उत्पादन घटेको र भारतबाट बिजुली आयात गर्न नपाएका कारण विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ। ‘औद्योगिक क्षेत्रको बिजुली कटौती गरिरहेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘तर, यो समस्या लामो समय रहँदैन।’ औद्योगिक क्षेत्रमा करिब १ महिनादेखि अघोषित लोडसेडिङ...

कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोड

कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोड
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । टिकट बाँड्न बन्यो संसदीय बोड बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको...

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने
काठमाडौं । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोज...

२२ वर्षे छोराले दिए आमालाई मिर्गौला

२२ वर्षे छोराले दिए आमालाई मिर्गौला
ललितपुर । महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत...

स्थानीय तह निर्वाचन: तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि

स्थानीय तह निर्वाचन: तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उप-महानगरपालिकाको प्रमुख र उप-प्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ। विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्...

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात
काठमाडौं । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो। यस्तै, सो अवधिम...

सत्ता गठबन्धन : १ नम्बर प्रदेशका स्थानीय तहमा तालमेल अन्योल

सत्ता गठबन्धन : १ नम्बर प्रदेशका स्थानीय तहमा तालमेल अन्योल
फिदिम । सत्ता साझेदारी दलका शीर्ष नेताहरूले स्थानीय तहमा गठबन्धन गरेर चुनावमा भाग लिन दिएको निर्देशन पूर्वका जिल्लाहरूमा कार्यान्वयन नहुने देखिएको छ। १ नम्बर प्रदेशका जिल्लास्थित नेताहरू केन्द्रीय निर्देशनविपरीत चुनावको तयारीमा छन्। यस्तो तयारीले पाँच दलीय गठबन्धन सकसमा छ। गठबन्धनमा आबद्ध दलका नेताहरूले एक अर्का पार्टीलाई चुनावी तालमेल गर्न इमान्दार नबनेको आरोप लगाउन थालेका छन्। नेपाली कांग्रेस...

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।  स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी ताल...

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ ला...
error: Content is protected !!