प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो ‘सरप्राइज’ भेट

प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो ‘सरप्राइज’ भेट
नयाँदिल्ली, २४ चैत ।  तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवा...

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा
काठमाडौं, २३ चैत । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो - केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् । संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ...

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त
काठमाडौं, २३ चैत । भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ६१ करोड मात्रै नेपाल सरकारलाई उपलब्ध गराएको छ । यो रकम सहयोग प्रतिबद्धत...

नेपालको सदाबहार कमजोरीः हतारमा भ्रमण, फितलो तयारी

नेपालको सदाबहार कमजोरीः हतारमा भ्रमण, फितलो तयारी
काठमाडौं, २३ चैत । नयाँ पत्रिका दैनिकले फितलो तयारीका बीच हतारमा भ्रमण गर्ने नेपालको प्रवृत्तिलाई मुख्य कमजोरीका रुपमा औंल्याएको छ । भ्रमणका लागि निम्त्याउने देशले द्विपक्षीय शिखर वार्तापछि जारी गरिने संयुक्त विज्ञप्तिको मस्यौदा अगाडि नै पठाएको हुन्छ, जसमा भ्रमण गर्ने पक्षले गहन गृहकार्य गर्नपर्ने हुन्छ । केही महिनाअघि शेरबहादुर देउवाको भारत भ्रमणका लागि गृहकार्यमा तत्कालीन योजना आयोगका उपाध्यक...

मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता
कालिकोट, २२ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ । सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम  श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्...

‘लगानी अयोग्य’ भन्दै थ्री गर्जेज बाहिरिने संकेत

‘लगानी अयोग्य’ भन्दै थ्री गर्जेज बाहिरिने संकेत
काठमाडौं, २२ चैत। चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। छ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई अघिल्लो साता दिएको प्रतिवेदनमा जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी नेपालको नीतिका कारण कुनै पनि हालतमा आयोजना अघि बढाउन नसकिने जिकिर गरेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद ...

डरलाग्दो यौनहिंसा: चार महिनामा ७८ बालिका बलात्कृत

डरलाग्दो यौनहिंसा: चार महिनामा ७८ बालिका बलात्कृत
काठमाडौं, २२ चैत। पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् । शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या ...

दुई नाबालिकामाथि जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

दुई नाबालिकामाथि जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ
कंचनपुर, २२ चैत । कंचनपुरको भीमदत्त नगरपालिका– १० गड्डाचौकीका २१ वर्षीय किसन नाथलाई प्रहरीले बुधबार नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ। नाथले जिमुवाका दुई नाबालिकालाई जबर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। दुवै नाबालिकालाई नाथले दुई दिनअघि ललाईफकाई जबर्जस्ती करणी गरेको उनले...

पार्टी घोषणा तयारी समिति बनाउँदै एमाले–माओवादी

पार्टी घोषणा तयारी समिति बनाउँदै एमाले–माओवादी
काठमाडौ, २२ चैत । एमाले र माओवादीले एकीकृत पार्टी घोषणा तयारीका लागि समिति बनाउँदै छन् । विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज (बिहीबार) बिहान ९ बजे बालुवाटारमा डाकिएको छ । बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने...

प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने
काठमाडौं, २२ चैत। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए । कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पार...
error: Content is protected !!