धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित
काठमाडौं, १८ चैत  । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको...

विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु
विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर...

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी
धनगढी,भीमदत्तनगर, १८ चैत। गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो । यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्ल...

धनगढी प्रिमियर लिग आजदेखि

धनगढी प्रिमियर लिग आजदेखि
धनगढी, १७ चैत। शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्। डिपिएल दोस्रो संस्करणको पुर्वसन्ध्यामा शुक्रवार विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।  खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार आयोजकले ट्रफी सार्वजनिक गरेको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभा...

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन
काठमाडौँ, १६ चैत । नेपाली सेनाद्वारा प्रथम पटक आयोजित राष्ट्रिय ‘प्रधान सेनापति ‘हाइ अल्टिच्यूट ट्राइ एडभेन्चर’ प्रतियोगिताको उपाधि आर्मी क्लब बीले जितेको छ । मुस्ताङको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा आज सम्पन्न प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ १०० मिटर, रनिङ ४.७५ किमि र साइक्लिङ १५.५० किमि गरी २०.३५ किमिको निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ले एक घण्टा १९ मिनेट ४४ सेकेण्ड...

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह
इटहरी, १६ चैत । कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ । स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भन...

आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता
काठमाडौँ, १६ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ । पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ । क्यानको विवादबीच पनि नेपाललले यो सफ...

रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा
विराटनगर, १६ चैत । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० ...

‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित
काठमाडौं, १६ चैत। आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री  हुने छैनन् । सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्री थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँग...

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता
नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो...
error: Content is protected !!