ढलेका रुख सदुपयोगबाट रु १२ लाख आय

ढलेका रुख सदुपयोगबाट रु १२ लाख आय
रसुवा। विनाशकारी भूकम्पसँगै आएको हिमपातको पहिरोले क्षति पु¥याएका लाङटाङ क्षेत्रको जङ्गलका रुख स्थानीयस्तरमै प्रयोग गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार भूकम्पले लाङटाङ हिमालको बेसक्याम्प (समुद्री सतहबाट ६,२०० मिटर) स्थित पेच्छे ताल फुट्दा झरेको पहिरोको असरले ढलेका रुख व्यवस्थापन गर्दा लगभग रु १२ लाख राजस्व उठेको छ । ढलेका ती रुख स्थानी...

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जना...

सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने
सोलुखुम्बु। कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ क...

चित्रवन रङ्गशाला निर्माणको काम सुरु

चित्रवन रङ्गशाला निर्माणको काम सुरु
चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर...

ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर
बेनी (म्याग्दी)। तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ । पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गर्नुभएकी उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफँैले श्रीमान्लाई पैसा दिने गर्न थाल्नुभएको छ । “व्यावसा...

धानको बीउ वितरण

धानको बीउ वितरण
लहान । जिल्ला कृषि विकास कार्यालय, सिरहाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । बीउ उत्पादक कृषक समूहमार्फत सङ्कलन भएका विभिन्न छ जातका धानका बीउ सहकारी संस्थाको माध्यमबाट किसानलाई वितरण गरेको कार्यालय प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो । सिरहामा ७५ प्रतिशत अनुदानमा उन्नत जातका राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली धानको बीउ वितरण गरिएको हो । जिल्लाभरिमा २० मेट्रिक टन बीउ ...

तरकारीखेतीबाट मनग्य आम्दानी

तरकारीखेतीबाट मनग्य आम्दानी
भीमदत्तनगर। धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ । “मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उहा...

किसान केराखेतीतर्फ आकर्षित

किसान केराखेतीतर्फ आकर्षित
बर्दिया । बर्दियामा पछिल्लो पटक केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । केराखेती युवाको रुचिको विषय बन्दै गएको छ । किसानले सहकारीमार्फत तथा व्यक्तिगत रुपमा केराखेती गर्दै आएका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बर्दिया नगरपालिकाका किसान सन्तोष विक । उहाँले २० बिगाहा जमिन भाडामा लिई केराखेती गर्दै आउनुभएको छ । केराखेतीबाट पर्याप्त आम्दानी भएप...

धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु

धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु
धनकुटा। राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाले एटिएम सेवा सुरु गरेको छ । एटीएम सेवा सञ्चालन भएपछि धनकुटा शाखामा रहेका करिव १२ हजार खातावालालाई खाताबाट पैसा निकाल्न सहज हुने बैंकले जनाएको छ । धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो एटीएम हो । धनकुटा बजारमा यसअघि माछापुच्छ«े बैंकको मात्र एटीएम सेवा सञ्चालित थियो । पूर्वाञ्चलमा राष्ट्रिय बाणिज्य बैंकको पहिलो शाखाको रुपमा २०२३ सालमा स्थापना भ...

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
दाङ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आउनुभएको छ । केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको...
error: Content is protected !!