धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटामा शेयर बजारबारे प्रशिक्षण
धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल ...

यस्ताे छ आज सुनकाे भाउ

यस्ताे छ आज सुनकाे भाउ
काठमाडौं,३ मंसिर । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।

सातामा २८.३३ अंक बढ्यो नेप्से

सातामा २८.३३ अंक बढ्यो नेप्से
  काठमाडौं,३ मंसिर । निरन्तर ओरालो लागेको बजारमा सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएपछि गत साता नेप्सेमा केही सुधार देखिएको छ । पाँच दिनका लागि खुलेको बजार तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्नेहरू बढेपछि गत साताको तीन दिन बजार उकालो लागेको थियो । तर, सोही गतिलाई निरन्तरता दिन नसक्दा भने पछिल्ला दुई कारोबार दिनमा बजार पुनः ओरालो...

लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन
लमजुङ,३ मंसिर । व्यावसायिक रूपमा पशुपालन गरिन थालेसँगै लमजुङ दूध उत्पादनमा आत्मर्निभर बन्न थालेको छ । प्रत्येक वर्ष दूध उत्पादन बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशुसेवा कार्यालय लमजुङले जानकारी दिएको हो । व्यावसायिक पशुपालनले बढायो उत्पादन जिल्लामा पछिल्लो समय किसानले उन्नत जातका गाईभैँसी पाल्न थालेका छन् । संख्यात्मक रूपमा किसान संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रूपमा दूध उ...

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद
काठमाडौं, २ मंसिर । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो । गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्...

भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि

भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि
काठमाडौं, २ मंसिर । दैलेखबाट १९ सय रुपैयाँ गाडी भाडा तिरेर नरबहादुर बस्नेत भृकुटी मण्डपमा हस्तकला मेला भर्न आइपुगे। तर उनी आफुले दैलेखदेखि ल्याएका भेंडाका रौंबाट बनेका राडिपाखी बिक्रि हुनेमा भने आश्वस्त छैनन्। बढ्दो आधुनीकिकरणसँगै हामी नेपालीको ध्यान पनि विदेशी सामानतिर तानिँदै गएको छ। त्यसैले पनि हो, नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं हस्तकला मेलामा भेटिएका बस्नेत आफ्नो व्यापारप्रति अलि ...

८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ

८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ
विराटनगर, २ मंसिर । लामो समयदेखि विराटनगरमा बसेर अवैध ढंगले हुन्डीको कारोबार गर्दै आएका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ठूलो परिमाणमा संगठित रूपमा हुन्डीको अवैध कारोबार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले विराटनगर ७ का अनुप सेठिया, ललित सेठिया, ...

आठराई गाउँपालिकाको बजेट ३२ करोड

आठराई गाउँपालिकाको बजेट ३२ करोड
तेह्रथुम, २ मंसिर । आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । आव २०७४÷७५ का लागि  ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आव...

आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन
इलाम, १ मंसिर । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैँचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलैँचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्। परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँ...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं, १ मंसिर । नेपाली बजारमा दैनिक सुनको भाउ उकालो लागि रहेको बेला आज भने घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज  नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
error: Content is protected !!