धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, स्थिती तनावग्रस्त

धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, स्थिती तनावग्रस्त
धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।

धनकुटा तनावग्रस्त, आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरीको गाडी तोडफोड

धनकुटा तनावग्रस्त, आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरीको गाडी तोडफोड
धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ ।

सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश

सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश
सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । सरकारी निर्णय प्रति बिरोध जनाउँदै जुलुश प्रदर्शन गरिएको हो ।

धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन
सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् ।

सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर
सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी
धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । बजारबाट जुलुशसहित क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्यालयमा ताला लगाएका हुन् ।

धनकुटामा आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, दुई घाईते, स्थिती तनावपूर्ण (भिडियोसहित)

धनकुटामा आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, दुई घाईते, स्थिती तनावपूर्ण (भिडियोसहित)
धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् ।

धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल

धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल
धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै बुधबारदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटामा राजधानी तोक्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल घोषणा गरिएको हो ।

धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना
धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले क्षेत्रीय प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । आन्दोलन परिचालन समितिको आवहनमा क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले दिउँसो २ देखि ४ बजेसम्म धर्ना दिदै राजधानी घोषणाको माग गरेका हुन् ।

जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)
महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो ।
error: Content is protected !!