धनकुटामा छ जना अग्रज पत्रकारलाई सम्मान

धनकुटामा छ जना अग्रज पत्रकारलाई सम्मान
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बिहिबार धनकुटामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, सस्थापक जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष र सल्लाहकारलाई सम्मान गरिएको छ । महासंघ जिल्ला शाखाले कार्यक्रम आयोजना गरी छ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।

केटा–केटावीच विवाह गर्ने बिरुद्ध मुद्दा

केटा–केटावीच विवाह गर्ने बिरुद्ध मुद्दा
धनकुटाको सहिदभूमि गाउँपालिकामा झुक्याएर केटा–केटावीच विवाह गरेर ठगी गर्ने विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । धनकुटाको छिन्ताङ्गका विपिन राई र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका राजकुमार राई विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको हो ।

सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने

सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने
सुनसरीको ईटहरीमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले भैसी सुन्दरी प्रतियोगीता गर्ने भएको छ । ईटहरीको हवाई चौकमा पशु पालक कृषकहरुको प्रवर्धनको लागी संस्थाले भौसी सुन्दरी प्रतियोगीता गर्न लागेको संस्थाका अध्यक्ष टंक दाहालले वताएका छन् । पशुपालक कृषकहरु पछिल्लो समय यो पेशा प्रति निरास हुदै गएको कारण उनिहरुलाई हौसला प्रदान गर्नको लागी यो प्रतियोगिता गर्न लागेको दाहालले वताएका छन् ।

ओली र प्रचण्डवीच निर्णायक वार्ता हुदै

ओली र प्रचण्डवीच निर्णायक वार्ता हुदै
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए।

प्रदेश १ को नाम र राजधानीका बिषयमा यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव

प्रदेश १ को नाम र राजधानीका बिषयमा यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको प्रति प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराए ।

आँखिसल्लाको ठाकुरदेवीका पूर्व प्रधानाध्यापक एवं समाजसेवी चापागाईको निधन

आँखिसल्लाको ठाकुरदेवीका पूर्व प्रधानाध्यापक एवं समाजसेवी चापागाईको निधन
धनकुटाको सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको ठाकुरदेवी माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक एवं समाजसेवी गोपाल चापागाईको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित पाख्रीवास नगरपालिका–१० चुङवाङका चापागाईको ६५ बर्षको उमेरमा आज बिहान साँढे सात बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

छिन्ताङ जाल्पादेवी मन्दिरमा राखियो दानपेटीका, सांसदले पैसा खसालेर गरे उद्घाटन

छिन्ताङ जाल्पादेवी मन्दिरमा राखियो दानपेटीका, सांसदले पैसा खसालेर गरे उद्घाटन
धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा रहेको छिन्ताङ जाल्पादेवी मन्दिरमा पहिलो पटक दानपेटीका राखिएको छ । प्रदेशसभा सदस्य निरन राईले दानपेटीकामा पैसा खसालेर उद्घाटन गरेका छन् ।

धनकुटामा अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमको उचित मुल्यांकन नभएको गुनासो

धनकुटामा अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमको उचित मुल्यांकन नभएको गुनासो
धनकुटामा पनि मंगलबार बिभिन्न कार्यक्रम गरेर १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लगायत संगठनले बिभिन्न कार्यक्रम गरेका छन् ।

इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो

इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो
इलाममा ७७ वर्षीया वृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङ गाउँपालिका–१ शान्तिपुरकी ७७ वर्षीया वृद्धा सामूहिक बलात्कारको शिकार भएकी हुन् । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

धनकुटामा केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

धनकुटामा केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित
सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।
error: Content is protected !!