- संगालोखबर सम्वाददाता

धनकुटाकोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा दुई घर र चार गोठ जलेर नष्ट भएका छन् । मुलघाट बजार भन्दा माथी रहेको सो बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो । हावाहुरीका कारण आगो अनियन्त्रित भई बस्तीमा पस्दा धनकुटा–९ माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!