संगालो खबर मिडिया प्रा.लि. ले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने उद्धेश्यले २०७३ सालबाट संगालोखबर डट कम (www.sangalokhabar.com) अनलाइन मिडिया सञ्चालन गर्दै आएको छ । तत्कालित पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम धनकुटामा प्रधान कार्यालय राखेर बैधानिक रुपमा सञ्चालन भएको यो अनलाईन मूलुक संघीयतामा गएर १ नम्बर प्रदेशको राजधानी बिराटनगर तोकिएपछि बिराटनगरमा पनि प्रादेशिक कार्यालय स्थापना गरी सञ्चालन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष रुपमा हरपलको समाचार सम्प्रेषण गर्दै आएकाले पाठकको रोजाईमा परेर संगालोखबर अहिले १ नम्बर प्रदेशको मूख्य अनलाइन मिडियाको रुपमा स्थापित भएको छ । संगालोखबरले १ नम्बर प्रदेशका १४ वटै जिल्लालाई मूख्य प्राथमिकतामा राखी देश, विदेशका समाचारलाई पनि महत्वका साथ प्रकाशन गर्ने गर्छ । स्थानीय स्तरदेखि राष्ट्रिय र अन्तर्राष्टिय स्तरका बिषयबस्तुलाई पनि संगालोखबरले महत्व मूल्यांकन गरी उपयुक्त स्थान दिएर पाठकमाझ पुर्याउँने गरेको छ ।

खोजमूलक, घटनामूलक, सामाजिक, राजनीतिक, आर्थिक, खेलकुद, मनोरञ्जन, साहित्य, सूचना प्रविधि लगायत हरेक बिषयबस्तुका समाचार संगालोखबरमा प्रकाशन हुन्छन् । बिचार बिश्लेषण, अन्तरबार्ता, भिडियो र भिडियो रिपोर्ट पनि संगालोखबरले प्रकाशन गर्दै आएको छ । लामो समयदेखि व्यावसायिक रुपमा पत्रकारिता पेशामा आवद्ध अनुभवी सञ्चारकर्मीहरुको समूह क्रियासिल रहेकाले संगालोखबरमा प्रकाशित समाचार स्तरीय हुने गर्छन् । जिल्ला–जिल्लामा खटिएका सम्वाददाता र समाचार एजेन्सीहरुसँगको सहकार्यमा नियमित र स्तरीय समाचार प्रकाशन गर्दै आएकाले संगालोखबरको लोकप्रियता बढ्दै गएको छ ।

संगालोखबरको आधिकारीक फेसबुक पेजमा १ लाख २५ हजार भन्दा बढी फलोअर्स छन् । संगालोखबरमा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसवुक तथा संगालोखबरको फेसबुक ग्रुपमार्फत कम्तिमा १ लाख ५० हजारमा पुग्ने गर्छ । ट्वीटर, इन्स्टाग्राम, यूटूव लगायतमा पनि हाम्रा सामाग्री प्रकाशन हुँने गर्छन् । मोवाईल एप्लिकेसनमार्फत पनि संगालोखबर पढ्न सकिन्छ । सत्य, तथ्य र निष्पक्ष समाचारलाई स्तरीय रुपमा नियमित प्रकाशन गर्दै आएकाले दैनिक करिब २० हजार पाठकले संगालोखबरमा प्रकाशित समाचार पढ्ने गर्छन् । प्रविधिको बिकाससँगै छिटो जानकारी पाउँने भरपर्दो सूचनाको माध्यम बनेकाले संगालोखबर प्रति पाठकको आकर्षण दिन प्रतिदिन बढिरहेको छ ।