बुधबार, बैशाख १२, २०८१
विराटनगर । केही दिनयता पूर्वी क्षेत्रसहित तराईमा गर्मी निकै बढेको छ । अत्यधिक गर्मीले गर्दा सार्वजनिक स्थानमा सर्वसाधारणको चहलपहल कम देखिन थालेको छ । तातो हावा चलेर जनजीवन प्रभावित भइरहेको छ ।
यस्तो अवस्थामा विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’ बाट बच्न आग्रह गरेको छ । तातो हावाले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, ...