सोमबार, बैशाख १०, २०८१
विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् ।
चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प...