विराटनगरमा सुरु भयो मिल्स गोल्डकप

विराटनगरमा सुरु भयो मिल्स गोल्डकप
विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । एक पक्षीय खेल पस्किएको एपीएफका हरी कार्कीले खेल सुरुवातको ११ औं मिनेटमा गोल गरेर टिमको खाता खोले । ...

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
विराटनगर । मच्छिन्द्र एफसी काठमाण्डौले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख पुरस्कार पाएको छ भने उपविजेता सांग्रीलाले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर इतिहास रचेको म...

विराट गोल्डकपको उपाधि जित्ने सांग्रीला र मच्छिन्द्र दुवैको दाबी

विराट गोल्डकपको उपाधि जित्ने सांग्रीला र मच्छिन्द्र दुवैको दाबी
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेका मच्छिन्द्र एफसी काठमाण्डौ र घरेलु टिम सांग्रीला मोरङ एफए दुवैले उपाधि जित्ने दावी गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने गरी खेल्ने बताएका हुन् । विराटनगरको सहिद रङ्गशालामा शनिबार साँझ ६ः४५ बजे मच्छिन्द्र र सांग्रीलाबीच उपाधि भिडन्त हुदैछ । मच्छिन्द्र पहिलो पटक व...

सिक्किमलाई हराउँदै मच्छिन्द्र पुग्यो विराट गोल्डकपको फाइनलमा

सिक्किमलाई हराउँदै मच्छिन्द्र पुग्यो विराट गोल्डकपको फाइनलमा
विराटनगर । मच्छिन्द्र फुटबल क्लब, विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार राती भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनल पुर्य...

विराट गोल्डकप: एपीएफलाई हराउँदै सांग्रीला उपाधि नजिक

विराट गोल्डकप: एपीएफलाई हराउँदै सांग्रीला उपाधि नजिक
विराटनगर । घरेलु टिम सांग्रीला मोरङ, विराट गोल्डकपको फाइनल पुगेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा बुधबार राती भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफलाई सडनडेथमा ४-३ गोलले हराउँदै सांग्रीला उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट गरिएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकर...

छथर जोरपाटीले जित्यो कर्मचारी फुटबल प्रतियोगिताको उपाधि

छथर जोरपाटीले जित्यो कर्मचारी फुटबल प्रतियोगिताको उपाधि
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाको टिमले जितेको छ । फाइल खेलमा पाख्रिवास नगरपालिकालाई २–० गोलले पराजित गर्दै छथर जोरपाटीले उपाधि जितेको हो । उपाधिसँगै छथर जोरपाटीले ६० हजार रुपैयाँ पाएको छ भने उपबिजेता पाख्रिवासले ४० हजारमा चित्त बुझाएको छ । महालक्ष्मी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा धनकुटाका ...

विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा

विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा
विराटनगर । भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वाटर फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले हराउँदै भुटानले विजयी सुरुवात गरेको हो । जितका लागि भुटानका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरुङले समान १-१ गोल गरे । खेलको ३६ औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रह...

विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने
विराटनगर । चैत १५ गतेबाट सुरु हुने विराट गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । विराटनगरको सहिद मैदानमा हुने रात्रिकालीन खेलमा आरटिसी एफसीले नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । बेलुका पौने ६ बजेबाट सुरु हुने गोल्डकपको उद्घाटन मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् । प...

रारा गोल्डकप जेठमा हुने

रारा गोल्डकप जेठमा हुने
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले जेठ १० देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए । प्रतियोगिताको यो ११ औं संस्करण हो ।...

भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि

भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंघरुमा सञ्चालित चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै षडानन्दले उपाधि जितेको हो । षडानन्दले दमकलाई २५-२२, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । उपाधिसँगै षडानन्दले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरप...
error: Content is protected !!