जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड नगरकी उपप्रमुखसहित ६३ जनाको मृत्यु

जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड नगरकी उपप्रमुखसहित ६३ जनाको मृत्यु
काठमाडौं । कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराती ६.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । ९७ जना घाइते भएका छन् । राती ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नेपालभर महसुस भएको छ । भारतको नयाँदिल्लीमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । भूकम्पले जाजर...

अनमोल केसी पक्राउ

अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँझ भक्तपुरको साँगाबाट केसीलाई पक्राउ गरेको हो । रावायण फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको भएपनि केसीले सम्झौता गर्न नमानेको र सुटिङमा पनि नआएको भन्दै चन्द्रकला कटवाल थापाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि आउँन पटक–पटक बोलाउँदा पनि...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गएराती निधन भएको छ । राति करिब १ बजे हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई अस्पतालले मृत घोषित गरेको हो । इलाम घर भएका नेम्वाङ संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी बालुवाटार बस्दै आएका थिए । नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओल...

एमालेले गुरु बराललाई दियो बागमती प्रदेश इन्चार्जको जिम्मेवारी, को हुन् बराल ?

एमालेले गुरु बराललाई दियो बागमती प्रदेश इन्चार्जको जिम्मेवारी, को हुन् बराल ?
काठमाडौँ । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार बसेको एमाले सचिवालय बैठकले नेता बराललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिएको थियो । तर, बागमतीको इन्चार...

झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुङ्गामा दुर्घटना

झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुङ्गामा दुर्घटना
चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान करिब ५ः२० बजे अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनाका १० जना घाइतेको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार हुदैछ । एक जनालाई थप उपचारका ल...

कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु
काठमाडौं । दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई आदेश दिएको छ । असंवैधानिक तवरले प्रदेश सरकार गठन गरिएकाले त्यसलाई खारेज गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतमा दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । मुख्यमन्त्री उद्धव थापा नियुक्त हुने क्रममा प्रयोग भएका कागजातहरू साउन ३ गतेभित्र...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उनको निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्‌यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिए...

चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु

चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४१९ जनाले ज्यान गुमाएका छन् भने रु ६ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिइएको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा १०८ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकाले साँझसम्म नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायत प्राविधिक काम भइरहेको ...
error: Content is protected !!