रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया
चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र...

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको विजयी सुरुवात

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको  विजयी सुरुवात
विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्...

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)
विराटनगर, २८ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस ...

जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त
एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । पूर्व जिम्मेवारीमा फर्किएका जिदानले घर फर्किदा खुशी भएको प्रतिक्रिया दिएका छन । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुनसम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । क्...

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै
काठमाडौं, २८ फागुन । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ । सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छ...

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई
भद्रपुर, २८ फागुन । झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको हिजो सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । यही फागुन १८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा उपविजेता बनेको झापाले नगद रु छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्याे । आर्मीले जी...

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै
काठमाडौँ, २७ फागुन । पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलब...

इंग्लिस प्रमियर लिग: बर्नलीबिरुद्ध लिभरपुलको जित

इंग्लिस प्रमियर लिग: बर्नलीबिरुद्ध लिभरपुलको जित
काठमाडौं । इंग्लिस प्रमियर लिग अन्तर्गत आईतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई २ का बिरुद्ध ४ गोलले हराएको छ । यो सँगै लिग लिडर म्यानचेष्टर सिटीमाथि दबावलाई निरन्तरता दिन फिल भएको छ । खेलको छैटौं मिनेटमा वेष्टवुडले वार्लिनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रताले धेरै टिक्न पाएन । खेलको १९ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । २९ औं मिनेटमा साडिओ मानेले पुन गोल गरे त्यसपछि ...

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई
फिक्कल, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो । इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा...

भालेकानोमाथि बार्सिलोनाको सहज जित

भालेकानोमाथि बार्सिलोनाको सहज जित
काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान ‘क्याम्प नोउ’मा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ ले पराजित गरेको हो । बार्सिलाेलाई जिन दिलाउनका लागि जेरार्ड पिके, कप्तान लिओनल मेस्सी र स्वारेजले गोल गरे । खेलको २४ औँ मिनेटमा रायोका गोमेजले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर, ३८ औँ मिनेटमा पिकेले गोल गर्दै खेललाई बराबर...
error: Content is protected !!