आइतबार, माघ २८, २०८०
धनकुटा । धनकुटाको महालक्ष्मीले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका-४ स्थित दमारमा भएको प्रतियोगितामा ३३ स्वर्ण, २१ रजत र २६ कास्य पदकसहित महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो ।
१३ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित धनकुटा नगरपालिकाले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै, ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित चौबिसे गाउँपालिका तृतीय बनेको छ ...