- रेवत बहादुर थापा
रेवत बहादुर थापा- प्रबन्ध निर्देशक, होराईजन माउन्टेन रिसोर्ट

पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटाको हिलेमा ठुलो लगानीमा सुबिधा सम्पन्न होराईजन माउन्टेन रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टका प्रबन्ध निर्देशक रेवत बहादुर थापासँग संगालो खबरका प्रतिनिधीले गरेको कुराकानी – 

होटल ब्यावसायमा लगानीका लागि किन हिले नै रोज्नुभयो ?

– मेरो जन्म भूमि पनि धनकुटा नै हो । म धनकुटाकै मुगामा नन्मिएको हुँ । प्र्राकृतिक सुन्दरताले भरिपुर्ण भएरपनि पर्याप्त सेवा सुबिधा नभएको जिल्लाको रुपमा मैले धनकुटालाई बुझेको थिए । त्यसैले जिल्लाको नामसँगै यहाँको पर्यटन बिकास गर्न सकियो भने आम नागरिकको आर्थिक स्थिती सुध्र्रन सक्छ भन्ने दृष्टिकोण राखेर पर्यटन ब्यावसाय द्रुत गतिले अगाडी बढोस भन्ने चाहनाले मैले होटलमा लगानी गरेको हुँ । एक हिसावले हेर्दा होटल भनेको पर्यटन ब्यावसायको पहिलो खुड्किलो हो । त्यसैले पनि मैले होटलमार्फत पर्यटनलाई बिकास गरौ भन्ने उद्धेश्यले हिलेलाई रोजेको हुँ । मेरो यो लगानीले सवैलाई प्रोत्साहन गरी यो ब्यावसायमा संलग्न हुनुहुनेछ र पर्यटनको बिकासमा पनि टेवा पुग्नेछ भन्ने मेरो बिश्वास छ ।

होराईजन रिसोर्ट सञ्चालनका लागि कत्ति रकम लगानी गर्नुभएको छ ?

– होराईजनमा करिव १९ करोडको हाराहारीमा लगानी भएको छ । यसमा हाम्रो आफ्नो श्रमसमेतको मुल्यांकन गरिएको छ । होटलमा पुर्व क्षेत्रको लागि आकर्षण केन्द्रबिन्दुको रुपमा रहोस भन्ने उद्धेश्यले अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको प्रतिनिधित्व हुनेगरी लगानी गरिएको हो ।

होराईजनमा ग्राहकले पाउँने सेवा सुबिधा के–के छन ?

– अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सुबिधा ग्राहकहरुले पाउँन भन्ने उद्धेश्यले यसको ब्यावस्थापन गरिएको छ । यो होटलले एउटा वातावरणीय प्रभावलाईसमेत दृष्टिगत गरी यसको डिजाईनलाई मध्यनगरमा राखि म स्वयं आफैले ईन्जिनीयर नभएतापनि यसको डिजाईन गरी आकर्षक गरिकाले निर्माण गरेको छु । जसले गर्दा अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउँन सक्नेछ ।

प्रश्न– यसमा कत्ति जनाले रोजगारी पाएका छन ?

– होराईजन माउन्टेन रिसोर्ट आफैमा एउटा होटल मात्र नभई यसको भागिनी सस्थाको रुपमा रहेको साउथ एसियन स्कुल अफ टुरिजम (सास्तम) रहेको हुनाले यसमा कत्ति जनाले रोजगारी पाउँछन भन्ने भन्दा पनि त्यहा पढ्ने बिद्यार्थीहरुलाई ब्यावसायीक तालिमको लागि ज्ञान दिलाउँने स्थानको रुपमा रहेको हुनाले प्रत्यक्ष रोजगारी पाउँने संख्या कम देखिन्छ ।

तपाईको होटलमा मुख्यगरी कुन बर्गका ग्राहकहरुको पहुँच रहन्छ ?

– होटल ब्यावसाय भनेको आतिथ्य सत्कारमा निर्भर हुने हुनाले यसमा कुन बर्गका ग्राहकहरु आउँछन भन्ने यकिन गर्न गाह्रो पर्छ । साधारण देखि उच्च स्तरका ग्राहकहरु पनि आउँने संभावना बढी हुनेछ ।

होराईजनमा कुन क्षेत्रका ग्राहक एवं पर्यटक बढी आउँने अनुमान गर्नुभएको छ ?

– यस सम्बन्धमा दुवै हाम्रा छिमेकी मुलुक चिन तथा भारतलाई यही क्षेत्रबाट निर्माण हुन लागेको सडकले जोड्ने हुँदा दुवै तर्फका मित्र राष्ट्रका ग्राहकहरु आउँने संभावना बढी छ । साथै आन्तरीक पर्यटकहरुको गतिबिधी दिनानुदिन बढ्दै गएको हुनाले आन्तरीक पर्यटक पनि बढी भन्दा बढी आउँनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

हिलेमा होटल ब्यावसायको संभावना कत्तिको देख्नुहुन्छ ?

– हिलेमा होटल ब्यावसायको संभावना देखेर नै मैले यहाँ लगानी गरेको हु । किमाथांका–जोगवनी सडक र मध्यपहाडी राजमार्गले जोड्ने ठाउँ भएकाले भविश्यमा यसको ठुलो महत्व एवं संभावना हुनेछ ।

तपाई पर्यटन ब्यावसायी पनि हुनुहुन्छ, पूर्वी पहाडी जिल्लामा होटल पर्यटनको संभावना के छ ?

– नेपाल खासगरी पहाडी तथा हिम श्रीङ्खलाहरुले सिंगारिएको देश भएको हुनाले यसमा पर्यटकहरुको संभावना अत्यन्तै बिसाल छ । तर, यसको लागि संयोजनकर्ता नेपाल सरकारको दृष्टिकोण अत्यन्तै खुल्ला दृष्टिकोणले भरिएको हुनुपर्छ । कुनै स्वार्थि भावनाले प्रेरित भई नियम बनाई कारबाही गर्न खोजिएमा राष्ट्रको लागि दुर्भाग्य पुर्ण हुनेछ । किनकी हाम्रा मित्र राष्ट्र अन्य पश्चिमा देशहरुमा होटल ब्यावसायलाई बढी प्रेरणामुलक बनाउँनलार्ई नचाहिने किसिमका नितिहरु लाधिनु हुँदैन, जसले गर्दा पर्यटन ब्यावसायमा लगानी गर्ने ब्याक्तिहरुको संख्या नगन्य हुनजान्छ । यसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा दुरगामी असर पर्दछ ।

अहिले होटल ब्यावसायका समस्या के–के छन ?

– बिगतमा तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारको समायमा के कुन उद्धेश्यले हो देशको सिमाको ५ किलोमिटर भित्र ठुला होटलहरु खोज्न नपाईने भनी सिमा संकुचन गरी बनाईएको नियमले होटल ब्यावसायलाई असर पुगिरहेको छ । यो नियमले सिमा क्षेत्रमा ब्यावसायीहरुमाथी घाटी थिच्ने काम अर्थात होटल बिकासलाई बन्ध्याकरण गर्न खोजिएको हुनाले यो तुरुन्तै हट्नु पर्छ । सिमा क्षेत्रमा लगाईएको यो प्रतिबन्धले देशको चारैतफैका सिमा संकुचन गरि लगानीको बातावरण बिगार्ने निश्चित छ ।

तपाई प्रहरी सवाहुँदै होटल ब्यावसायमार्फत पर्यटनको बिकासमा लाग्नु भएको छ । अव भावी दिनको तपाईको योजना के छन ?

– म प्रहरी सेवामा रहदा दुईवटा लक्ष राखेको थिए । पहिलो लक्ष थियो प्रहरी सेवालाई सामुदायीक सेवा अन्र्तगत लगेर बिकास गरिनुपर्छ भन्ने र अर्को पर्यटनको बिकासमा पनि केही गर्नुपर्छ भन्ने मेरो सोचाई थियो । त्यही भएर एसएसपीबाट अवकास लिएपछि मैले होटल ब्यावसायमार्फत पर्यटनको बिकासमा लाग्नका लागि लगानी गर्दै आएको छु र अव पनि यसैलाई निरन्तरता दिनेछु ।

होटल ब्यावसाय एवं पर्यटको बिकासका लागि सरकारले के गर्नु आवश्यक छ ?

उत्तर– सरकारले ऐन नियमहरु बनाउँदा पर्यटन ब्यावसायलाई धक्का पुग्छ कि पुग्दैन भन्ने कुरा बिचरा गरेर मात्र नियम बनाउँनु पर्छ । होटल ब्यावसाय सञ्चालनलाई नभई नहुँने बिधुत सञ्चार, यातायात सुबिधाको साथै होटल ब्यावसाय सञ्चालन गर्दा होटल बनाई होटल सञ्चालन गर्ने सुबिधाजनक .बिदेशबाट ल्याउँनुपर्ने सामानहरु सरल रुपमा ल्याउँन दिनुपर्छ । देशको सवाङ्गिण आर्थिक बिकासको लागि पर्यटन ब्यावसायले प्रमुख भूमिका खेल्ने हुँदा सरकारले यसमा सरल रुपमा अग्रणी भूमिका खेल्नु आवश्यक छ ।

अन्तिममा केही भन्नु छ ?

खासै भन्नु त केही छैन । तर, नेपालमा पर्यटनको प्रचुर संभावना रहेकाले यसैलाई मध्यनजर गरेर देशको बिकास गर्न सकिन्छ । यसमा सरकारसँगै सवै पक्षले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्बाह गरेर देश विकासमा लागौ भन्न चाहन्छु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!