रत्ननगर, चितवन, १० फागुन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो ।

Advertisement

सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरी टोली घटनास्थलमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!