- देवकला कार्की/संगालोखबर

धनकुटा, ९ फागुन । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव फागुन अन्तिममा हुने भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य सघंले बुधबार पत्रकार सम्मेलन गरि धनकुटामा फागुन २० देखि ३० गतेसम्म मेला, प्रदर्शनी एवं महोत्सव गर्ने जानकारी दिएको हो ।

यसअघि माघ २९ देखि फागुन १० गतेसम्म सञ्चालन गर्ने भनिएपनि प्रादेशिक राजधानी आन्दोलन लगायत कारणले महोत्सव सारिएको आयोजकले जनाएको छ ।

महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्वीर: ईश्वर थापा/संगालोखबर

प्रदर्शनी एवं महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राएर तीन करोड भन्दा वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक उद्योग वाणिज्य सघंका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए । उनका अनुसार महोत्सवमा करिव ५९ लाख खर्च हुने अनुमान गरिएको छ ।

मेला, प्रर्दशनी एवं महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रर्दशनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रर्दशनी, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, सँस्कृति झल्कने कार्यक्रम तथा वस्तुको प्रर्दशनी मुख्य आकर्षणको रुपमा रहनेछन् ।

महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्वीर: ईश्वर थापा/संगालोखबर

यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम तथा बालबालिकाका लागी बाल उद्यान पनि आकर्षणको रुपमा रहनेछ । महोत्सवमा १ सय ५० स्टल रहने बताईएको छ ।

उद्योग बाणिज्य सघंका अध्यक्ष घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय मुल आयोजक समिति र १४ वटा उप–समिति गठन गरेर महोत्सवको तयारी तिव्र पारिएको सदस्य सचिव जयन्द्र प्रधानले जानकारी दिए । धनकुटामा यस अघि २०६५, ६८ र ७१ सालमा पनि महोत्सव भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!