काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

Advertisement

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता खरेलले आजै पदबहालीसमेत गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!