काठमाडौं, ९ फागुन । चैत्र ५ देखि १९ गते सम्म आयोजना हुने देशकै सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ।

Advertisement

डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार अक्सनमा १९२ जनाले आबेदन दिएका छन् भने १२ जना खेलाडीहरु ट्यालेन्ट हन्टमार्फत अक्सनमा सहभागी हुनेछन्।

गत बर्ष अक्सन हुँदाको दृश्य

अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको छ। ‘ए’ श्रेणीमा रास्ट्रिय टिमको लागि कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल खेलेको र पछिल्लो ३ बर्ष देखि रास्ट्रिय टिमको प्रतिनिधित्व गरेको खेलाडीहरु हुनेछन्। यस्तै ‘बि’ श्रेणीमा ‘ए’ श्रेणीमा नपरेका सबै रास्ट्रिय खेलाडीहरु जसले उमेर समुहको लागि नेपालको लागि खेलेका छन् अथवा रास्ट्रिय टिमको बन्दसत्रमा स्थान बनाईसकेका खेलाडी हुनेछन्। ‘सी’ श्रेणीमा ‘ए’ र ‘बि’ दुवै श्रेणीमा नपरेका खेलाडीहरु हुनेछन्।

डीपीएल आयोजकले अक्सनमा भएका खेलाडीहरुको नामावली भने सार्वजनिक गरेको छैन। बिहान ८ बजे देखि सुरु हुने अक्सनको एपीवान टिभीले प्रत्यक्ष प्रशारण गर्नेछ भने विकेटनेपालमा पनि प्रत्यक्ष अपडेट हुनेछ।

कति हुनेछ मूल्य ? 

सहभागी ६ वटा टिमले एउटा खेलाडी खरिद गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउनेछैन जुन मूल्यमा ११ जना खेलाडी खरिद गर्न पाउनेछन्। टिमको रणनीतिक खेलाडीहरुले रु. २ लाख रुपैयाँ पाउनेछन्। प्रत्येक टिमले एकजना खेलाडी ट्यालेन्ट हन्टबाट आएको मध्येबाट चुन्नुपर्नेछः भने २ जना बिदेशी खेलाडी अनिबार्य टिमले राख्नु पर्नेछ।

अक्सन ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुनेछ भने अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्नेछ। ‘बि’ श्रेणीको न्यूनतम बोलि ५० हजार देखि अधिकतम १ लाख रुपैयाँ रहेको छ भने ‘सी’ श्रेणीमा रहेका खेलाडीहरुको न्यूनतम मूल्य २५ हजार देखि अधिकतम ७५ हजार रहनेछ।

धनगढी प्रिमियर लिगको बिजेताले घरेलु क्रिकेटकै सर्बाधिक रु २५ लाख, उपविजेताले १० लाख पाउनेछन्। यस्तै तेश्रो हुने टोलिले ३ लाख तथा चौथो हुने टोलिले २ लाख पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ।

डीपीएलमा देशभरका बिभिन्न शहरको प्रतिनिधित्व गर्ने ६ वटा टिम रहनेछन्। दिपेन्द्र सिंह ऐरी रणनीतिक खेलाडी रहने सीवाईसी अत्तरिया, बिनोद भण्डारी रणनीतिक खेलाडी रहने महेन्द्रनगर युनाइटेड, पारस खड्का रणनीतिक खेलाडी रहने बिराटनगर किंग्स, शक्ति गौचन रणनीतिक खेलाडी रहने रुपन्देही च्यालेन्जर्स, सोमपाल कामि रणनीतिक खेलाडी रहने टिम चौराहा धनगढी तथा ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहने काठमाडौँ गोल्डेन्स योपालि प्रतियोगिता खेल्नेछन्।

टिम रणनीतिक खेलाडी                               टिम मालिक
सीवाईसी अत्तरिया दीपेन्द्र सिंह ऐरी क्रिएटिभ युथ क्लब अत्तरिया
महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी सुशील कुमार श्रेष्ठ
बिराटनगर किंग्स पारस खड्का पारस लुनिया
रुपन्देही च्यालेन्जर्स शक्ति गौचन सुरज उप्रेती
टिम चौराहा धनगढी सोमपाल कामि राजकुमार श्रेष्ठ
काठमाडौँ गोल्डेन्स ज्ञानेन्द्र मल्ल रमेश शिलवाल ( गोल्डेन गेट एजुकेसन नेटवर्क )

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!