- प्रेम भण्डारी

लण्डन । लण्डनको प्रतिष्ठित डोर्चेस्टर होटेलमा प्रेसिडेन्ट क्लबले आयोजना गरेको पुरुष मात्रैको च्यारिटी इभेन्टमा काम गर्ने महिला परिचारिकाहरुमाथि यौन दुब्र्यवहार हुने गरेको तथ्य बाहिर आएको छ । फ्ईनान्सियल टाईम्सकी रिपोर्टर म्याडिसन म्यरिजले गरेको गोप्य अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो ।

Advertisement

केहि दिन अघि अमेरिकामा पनि १ सय ५६ जना महिलामाथि यौन दुब्र्यवहार गरेको भन्दै डाक्टर लारी नासरलाई १ सय ७५ बर्षको सजाय दिईएको थियो । बेलायतका प्रबुद्ध एवंम धनाड्य ब्यापारी, प्रतिष्ठित राजनीतिज्ञ र प्रोपर्टी डेवेलोपरहरु भेला भएर च्यारिटी संकलन गर्ने यो इभेन्ट लोकप्रिय र प्रतिष्ठित थियो ।

तर, अहिले चौतर्फी बिरोध र आलोचना खेपिरहेको छ । जसको कारण ३३ बर्षदेखि चल्दै आएको प्रेसिडेन्ट क्लब बन्द हुने अवस्थामा पुगेको छ । यसबाट दान प्राप्त गर्ने दुई ठूला ग्रेट ओर्मोड स्ट्रीट अस्पताल र इवेलिना लण्डन बालअस्पतालले यी समूहबाट पाएको दान फिर्ता गर्ने निर्णय गरेका छन् । यसलाई प्रायोजित गर्ने ठुलो बिज्ञापन एजेन्सी डब्लुपीपीले पनि हात झिकेको छ ।

यो रिपोर्ट हेरेर बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पनि निन्दा गरेकी छन् । उनले भनेकी छन ‘म यस्ता कार्यक्रम ठाउँ लिएकोमा खुशी छैन । यो रिपोर्टबाट समाजमा महिलामाथी कसरी दुब्र्यवहार भईरहेको छ भन्नेकुरा प्रष्ट भएको छ । यसले मलाई चिन्तित बनाएको छ ।’

यसै सन्दर्भमा रिपोटर म्याडिसन म्यरिजले बिबिसीसंगको कुराकानीमा महिलाहरुको स्थिति देखेर आफुलाई चिन्ता लागेको प्रतिक्रिया दिएकी छन् । कतिपय महिलाले यसलाई खराब र अन्तिम कामको रुपमा हेरेका छन् भने कतिले खुशी रहेको भाव ब्यक्त गरेको उनको भनाई छ । तर, यदि यौन दुब्र्यवहार हुन्छ भनेर पहिले जानकारी भए महिलाहरुले अनाहकमा दुखित र पीडित नहुने भन्दै प्रेसिडेन्ट क्लबको अलोचना पनि गरिन् ।

म्यरिजले पत्ता लगाएको यो बिषयले अहिले बेलायतको राजनीति र संचारमाध्यममा तरंग पैदा गरेको छ । यसलाई लिएर बेलायतका सत्तापक्ष र प्रतिपक्ष पार्टीहरुले स्वतन्त्र छानबिन गरि कारबाहीको माग गरेका छन् । बेलायतको सत्तापक्षीय पार्टीका मन्त्रीहरुको ति दातासंगको नजिकको सम्बन्धले गर्दा कतिपयमा कारबाही नहुने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!