काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ ।

Advertisement

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्ने बताइएको छ।

बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी छन्। माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्।

शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको छ। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाँकिएको र कुनै विवाद नभए एकतालाई आजै अन्तिम रुप दिइने नेताहरुले बताएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!