काठमाडौं, ७ फागुन ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समृद्धिको नेतृत्व पनि एमालेले गर्ने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने दाबी गरे । उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए ।

Advertisement

यस्तै पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!