विराटनगर, ६ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो ।

दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, चौधरी परिवारको यो पीडालाई नोबेल अस्पतालले खुशीमा बदलिदिएको छ । छोरीको सफल शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका चौधरीले नोबेल अस्पताल प्रति कृतज्ञ हुँदै भने ‘विरामीको उपचार गर्ने मात्र हैन, गरिवको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’

Advertisement

विस्तृत जानकारीका लागि भिडियाे रिपाेर्ट हेर्नुहोस्… 

यो पनि हेर्नुहोस्…

नोबेलले निःशुल्क शल्यक्रिया गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!