काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!