- संगालोखबर सम्वाददाता

धनकुटा, ५ फागुन । धनकुटाकी गायिका हेमु ‘स्मृति’ चोङवाङ्गको नयाँ म्यूजिक भिडियो ‘रिटिङ रिटिङ’ बजारमा आएको छ । गायिका चोङवाङ्ग र गायक राजेश पायल राईको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा कलाकार अनु शाह र सुदर्शन चापागाई लगायतले अभिनय गरेका छन् ।

सिर्जन बरालको निर्देशनमा बनेको गीतमा शंकर थापा (स्माईल) को संगित र डीपी खनालको सब्द समावेश छ ।

२०७० सालदेखि गायन क्षेत्रमा प्रवेश गरेकी गायिक चोङवाङ्गले हालसम्म ५ वटा म्यूजिक भिडियो निर्माण गरेकी छन् ।

धनकुटा–७ मोतिटोल निवासी गायिका चोङवाङ्गले करिव दुई दर्जन गीतमा स्वर दिएकी छन् । चोङवाङ्गले यसअघि पहिलो लोक तथा आधुनिक गीति एल्वम ‘मनको तारा’ बजारमा ल्याएकी थिईन् ।

‘रिटिङ रिटिङ’ को म्यूजिक भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!