काठमाडौं, २९ माघ । सन्दिप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्याविरुद्ध १७८ रनको लक्ष्य पाएको छ ।

Advertisement

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा  ८ विकेट गुमाउँदै १७७ रन बनाउन सक्यो। केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपाली युवा बलर लामिछानेले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए पछि केन्या धर्मराएको हो।

सुरूवात राम्रो गरेको केन्याले पहिलो विकेट ६५ रन हुँदा गुमाएको थियो। सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा ओपनर ओबान्डालाई ४१ रनमा आउट बनाए।

त्यसपछि केन्याको स्कोर ७१ रन हुँदा सन्दिपले नै नेपालका लागि दोस्रो विकेट लिए।

त्यसपछि इरफान करिमले कोलिन्स ओबुयासँग २९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन कटाए।

तर १ सय ३ रन हुँदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिँदा ओपनर इरफान ४२ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा पवेलियन फर्काए।

लगत्तै पुन सन्दिपले रूसव पटेललाई खाता खोल्न नदिदै पेभेलियन फर्काएपछि केन्याको ब्याटिङ लाइन धर्मराएको थियो।

केन्याको स्कोर १२९ रन हुँदा नेपाललाई छैटौ सफलता मिल्यो। कोलिन ओबुयालाई सोमपाल कामीले २७ रनमा आउट गरेसँगै केन्याले आफ्नो छेठौं विकेट गुमायो। त्यसपछि सरद भेषवाकरले गुरदिपलाई आउट गरेपछि नेपालले केन्याको स्कोर १३२ रन हुँदा सातौ सफलता हात पर्‍यो।

लगत्तै सन्दिपले ब्यक्तिगत पाँचौ विकेट लिएपछि केन्याले १३९ रनमा ८ विकेट गुमाउँदै मध्यम स्कोरतर्फ अघि बढ्यो।

त्यसपछि बाँकी ओभरमा राम्रो प्रदर्शन गरेको केन्याले पुरै ५० ओभरमा १७७ रन बनायो।

डिभिजन टू को अहिलेको खेलमा नेपालले केन्यासँग पाएको लक्ष्य सबैभन्दा बढी हो । यसअघि नेपालले नामिबिया, ओमान र युएईसँग प्रतिस्पर्धा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!